काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना उपचार पछि अस्पतालबाट फर्किने बित्तिकै चीन माथी बोलेका छन्। ट्रम्पले ह्वाइट हाउसलाई सम्बोधन गर्दै भने कि अमेरिकी वैज्ञानिक र औषधिहरूको शक्तिले हामी चीनको भाइरस सदाका लागि मेटाउनेछौं।
कोरोना भाइरस संक्रमित भएपछि ट्रम्प तीन दिनको लागि अस्पतालमा भर्ना भए। शनिवार, राष्ट्रपति ट्रम्प अस्पताल बाट फर्के पछि पहिलो पटक जनतासामु देखा परेका थिए । यस समयमा ट्रम्पले सयौं पाहुनाहरुलाई ह्वाइट हाउसको बालकनीमा भने, “म तपाईहरु सबैको प्रार्थनाको लागि धन्यवाद दिन चाहन्छु।”
यो कार्यक्रम यस्तो आयोजना गरिएको थियो कि मानिसहरूले महसुस गरे कि राष्ट्रपति ट्रम्प कोभिड्-१९ बाट पूर्णरूपमा निको भइसकेका छन्। उही समयमा उनी डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बिडेनको सामना गर्न पूर्ण रूपमा तयार छन्।
सैबीच, ह्वाइट हाउसले बिहीबारदेखि ट्रम्पको स्वास्थ्यको बारेमा कुनै अपडेट जारी गरेको छैन।