काठमाण्डौ । सम्पूर्ण संसार कोरोना भाइरससँग जुधिरहेका बेला उत्तर कोरियाका नेता किम जोंगले उत्तर कोरियामा एक जना पनि कोरोना संक्रमित नरहेको बताएका छन । कोभिड-१९ को पहिलो केस उत्तर कोरियाको छिमेकी देश चीनमा भएको थियो।
प्योंगयांगले यो रोगबाट आफूलाई बचाउन जनवरीमा सिमाना बन्द गर्यो, र नियमित रुपमा भनिरहेको छ कि यहाँ महामारीको कुनै केस छैन। यद्यपि राज्यका मिडियाले पछिल्ला महिनाहरूमा यस प्रकारको भनाइबाट टाढा छन। मिडियाले रोकथाम प्रयासको महत्त्वमा जोड दिएका छन ।