कोभिड–१९ सङ्क्रमित बिरामीको लागि चितवनमा प्लाज्मा सङ्कलन अभियान

काठमाण्डौ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले कोभिड–१९ सङ्क्रमित बिरामीको लागि आवश्यक पर्ने प्लाज्मा सङ्कलन अभियान शुरु गरेको छ । यहाँ बढी भएको प्लाज्मा देशैभर पठाएर सङ्क्रमित उपचार गर्न सहयोग पुगोस् भन्नका लागि अभियान शुरुआत गरिएको हो ।

केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार हालसम्म ३८ युनिट प्लाज्मा सङ्कलन भइसकेको छ । गत सोमबार मात्र नेपाली काँग्रेस कोभिड–१९ अनुगमन समिति कावासोतीले एकैदिन ३३ युनिट प्लाज्मा सङ्कलन गरी केन्द्र पठाएको थियो । यसअघि पाँच जनाले केन्द्रमा नै आएर प्लाज्मा दान गरेका थिए ।

चेम्बर अफ कमर्शको ७०औँ स्थापना दिवसको अवसरमा जिल्लाका तीन ठाउँमा प्लाज्मा सङ्कलन गर्दैछ । चेम्बरका अध्यक्ष दीर्घमान श्रेष्ठका अनुसार यही असोज २७ गते सशस्त्र प्रहरी बल नम्बर–३ गढीमाई बाहिनी वाग्मती प्रदेश भण्डारा, असोज २८ गते रत्ननगरको स्मार्ट फुड्स प्रालि र असोज २९ गते वडा प्रहरी कार्यालय नारायणगढमा प्लाज्मा सङ्कलन गरिँदैछ । यी तीनै ठाउँमा अत्यधिक सङ्क्रमण देखिएको थियो ।

केन्द्रका प्रमुख पौडेलका अनुसार काठमाडौँ, बुटवल, भक्तपुरलगायतका ठाउँबाट प्लाज्मा माग भइरहेको छ ।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार निको भएका कोरोना सङ्क्रमितको रगतबाट प्लाज्मा निकालेर सङ्क्रमितको शरीरमा चढाउने प्रक्रिया नै प्लाज्मा थेरापी हो । यसबाट गम्भीर अवस्थाका सङ्क्रमितको उपचार गर्न सहयोग पुग्छ । रगतमा हुने प्रोटिनसहितको पहेँलो पदार्थ नै प्लाज्मा हो । निको भएका सङ्क्रमितको विकास भएको एन्टिबडीको प्लाज्मा सङ्क्रमितलाई दिएर भाइरससँग लड्न सक्ने क्षमता यसले विकास गर्ने उनको भनाइ छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार