WE ARE UPGRADING OUR WEBSITE YOU MAY FACE TECHNICAL DIFFICIULTIES TEMPERORARY|LGMNEPAL|

कल्याणपुर नगरपालिकाको बजेट सार्वजनिक : पहिलो प्राथमिकतामा शिक्षा,सडक

२४ आश्विन २०७७, शनिबार १५:२८ मा प्रकाशित

गणेश कुमार ठाकुर,सिरहा । कल्याणपुर नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को नीति,योजना कार्यक्रम सहितको बजेट सार्वजनिक गरेको छ ।
कल्याणपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ को लागि ८१ करोड ८८ लाख ८७ हजार बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगर सभामा उक्त बजेट सहितको नीति तथा कार्यक्रम कल्याणपुर नगरपालिका कार्यवाहक नगर प्रमुख रोहिणी कुमारी यादवले प्रस्तुत गरेको हुन् । कल्याणपुर नगरपालिकाले सार्वजनिक गरेको प्रस्तावित नीति, कार्यक्रम तथा बजेटमा पहिलो प्राथमिकतामा शिक्षा,सडक,स्वास्थ्य र कृषिमा रहेको कार्यवाहक नगर प्रमुख यादवले बताए ।

शिक्षा सुधारमा जोड
नगरभित्रका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाको रणनीति लिदै अगाडी वढ्ने नीति लिईएको छ । सामुदायिक विद्यालयलाई अँग्रेजी माध्यमबाट पठनपाठनमा जोड दिदै प्रत्येक वडामा ‘एक नमूना विद्यालयको रुपमा स्तोरोन्नती गर्ने योजना रहेको कार्यवाहक नगर प्रमुख रोहिणी कुमारी यादवले बताए । कार्यवाहक नगर प्रमुख रोहिणी कुमारी यादवले भने, ‘नगरभित्रका सामुदायिक विद्यालयहरुमा प्रविधी जडान गर्दैछु । जसले प्रविधिमैत्री शिक्षा नीतिलाई लागु गराउन मद्दत पुग्छ । समय बदलिएको छ र अब विना प्रविधी विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिदैन ।

उत्त कार्यक्रममा कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकुमार दासले स्वागत मन्तव्य राखेको थिए । कार्यक्रममा कल्याणपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रोहिणी कुमारी यादवको अध्यक्षतामा भएको हो । कार्यक्रममा अतिथि रुपमा कल्याणपुर नगरपालिका वडा नं.४ का वडाअध्यक्ष दिलिप यादब, कल्याणपुर नगरपालिका वडा नं.५ का वडाअध्यक्ष दिपेन्द्र बरवरीया यादव, कल्याणपुर नगरपालिका वडा नं. का वडाअध्यक्ष मोतिवुल राइन,कल्याणपुर नगरपालिकाका विभिन्न शाखाका कर्मचारीहरु लगायत, नागरिक समाज,संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार