काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसँगै मुलुकभर संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ सय पुगेको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६८० जना कोरोनाभाइरस संक्रमणलाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या ७३ हजार २३ पुगेको मन्त्रालयले जनाएको छ ।
यसैगरी पछील्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा १ हजार ४ सय ९ जना नयाँ संक्रमति थपिएका छ ।
काठमाडौं १११६, भक्तपुर १३० ललितपुर १६३ गरी उपत्यकामा १ हजार ४ सय ९ जना नयाँ संक्रमति थपिएको हो ।
नेपालमा पछील्लो २४ घण्टामा थप २ हजार ५९ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । सँगै नेपालमा सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको मन्त्रालयले जनाएको छ ।
यसैगरी आज संस्थागत आइसोलेशनमा ११ हजार १७६ जना र होम आइसोलेशनमा १५ हजार ८७७ जना रहेका छन् ।