| Thursday 8 October, 2020

शिक्षकहरुमा कोरोना संक्रमण भएपछि नगरभित्रका सम्पूर्ण विद्यालयहरु बन्द

रौतहट । रौतहटको चन्द्रपुर नगर क्षेत्रका निजी, सामुदायिक तथा संस्थागत बिद्यालयहरु बन्द हुने भएको छ ।

चन्द्रपुर नगर शिक्षा समितिको गत असोज ९ गतेको बैठकले रौतहटको चन्द्रपुर नगर क्षेत्रमा कोरोना संक्रमण सामान्य भएको अबस्थामा विद्यालय सञ्चालन गर्ने भन्ने निर्णय गरी संचालन समेत गरिएकोमा हाल आएर केही शिक्षकहरुमा समेत कोरोना संक्रमण देखिएपछि नगर शिक्षा समितीको अध्यक्षको निर्देशन अनुसार अर्काे सुचना नआउन्जेल सम्मका लागी चन्द्रपुर नगर क्षेत्रमा सञ्चालनमा आएका सम्पुर्ण निजी, सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गराउने निर्देशन दिइएको चन्द्रपुर शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डलले जानकारी दिएका छन् ।

सो निर्णयले कोरोनाको जोखिमबाट आफ्ना बालबालिकाहरुलाई जोगाउन महत्वपूर्ण भुमिका खेल्ने भन्दै शिक्षाप्रेमी तथा स्थानिय अभिभावकहरुले समेत उक्त निर्णयको स्वागत गरेका छन् ।

खोज्नुहोस्

फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी संक्रमित

पेरिस । फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् । फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घन्टा यता मात्र कम्तीमा पनि ४१ हजार ६२२ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो । यो संख्या सँगै कोभिड १९ को महामारी पछि नै २४ घन्टामा सबैभन्दा बढी व्यक्ति

सार्वजनिक यातायात एक महिनादेखि खुलेपनि यात्रु नहुँदा बसपार्क भरिभराउ

देशको समृद्धिकाे आधार भनेकाे जाति, भाषा र संस्कृतिकाे संरक्षण र