अपांगता भएका व्यक्तिहरुको जिम्मा राज्यले लिन्छ : मन्त्री गुरुङ

उज्यालो प्रतिनिधि २१ आश्विन २०७७, बुधबार फोटो समाचार

काठमाण्डौ । सरकारले अपांगता भएका व्यक्तिहरुलाई ह्वीलचियर वितरण गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सहायक सामग्रीको सहज पहुँचमा पुग्न नसकेका २४० जना अपांगता भएका व्यक्तिलाई आधुनिक मोडलको ह्वीलचियर वितरण गर्नु भएको हो ।

बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच वितरण गरिएको सो ह्वीलचियरको बजार मूल्य १५ हजारदेखि २ लाख ५० हजारसम्मका रहेका छन । कार्यक्रममा बोल्दै मन्त्री गुरुङले कोरोना भाइरसका कारण झनै समस्यामा परिरहेका अपांगता भएका व्यक्तिहरुको जिम्मा राज्यले लिने बताउनु भयो । उहाँले भौतिक पूर्वाधारसहितको अपांगता मैत्री वातावरण निर्माणमा ध्यान दिन पनि सबैलाई आह्वान गर्नु भयो । ‘अपांगता मैंत्री वातावरण निर्माणमा लाग्न म सबैलाई आह्वान गर्दछु,’ मन्त्री गुरुङले भन्नु भयो,‘कोराना भाईरसका कारण झनै संकटमा परेका अपांगता भएका व्यक्तिहरुको जिम्मा राज्यले लिन्छ ।’

‘अम होँङ गिल ह्युमन फाउन्डेशन’को सहयोगमा उपलब्ध गराएको सो ह्वीलचियर काठमाडौं उपत्यका बाहिरका जिल्लामा पनि आवश्यक्ता अनुसार वितरण गर्ने व्यवस्था मिलाइएको राष्ट्रिय अपांग कोषका सभापति रमेश लामाले जानकारी दिनु भयो । त्यस अवसरमा मन्त्री गुरुङले अपांगता भएका व्यक्तिहरुलाई ह्वीलचियर उपलब्ध गराएको सो फाउन्डेशनप्रति आभार पनि व्यक्त गर्नु भएको थियो । कार्यक्रममा समाज कल्याण परिषदका सदस्य सचिव पुस्कर खाती, राष्ट्रिय अपांग महासंघ–नेपालका अध्यक्ष मित्रलाल शर्मा तथा अपांगताका क्षेत्रमा कार्यरत संघ, संस्थाहरुको पनि उपस्थिति रहेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार