| Wednesday 7 October, 2020

विभिन्न पार्टी परित्याग गरि मिर्चैयामा २ सय ५० जना नेपाली कांग्रेसमा प्रवेश

गणेश कुमार ठाकुर,सिरहा । सिरहा जिल्लाको मिर्चैयामा नेपाली कांग्रेसको संगठन बिस्तार तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
मिर्चैया नगरपालिका वडा नं.२ मल्हनिया खोरीमा विभिन्न पार्टी परित्याग गरि २ सय ५० जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । पार्टीमा  युवाहरूलाई प्रमुख अतिथि नेपाल कांग्रेसका प्रशिक्षण विभगको प्रदेश संयोजक मो. मुखतार अहमदले अबिर फुुल माला लगाई  प्रवेश गराएको हो ।

त्यसैगरी कार्यक्रममा तरुण दलको क्षेत्रीय अध्यक्ष धनेशवर यादवले भने अबको दिनमा कांग्रेस पार्टी नैं जनताको पक्षमा लडिरहने दावी गरेका थिए ।

उक्त कार्यक्रममा तरुण दलको वडा समिति पनि गठन गरिएको छ । समितिको अध्यक्षमा राजेन्द्रप्रसाद कापरी ( झिलमा), उपाध्यक्षमा जय कुमार ठाकुर, सचीवमा धनेशवर मण्डल,सह– सचिवमा रमणीय कापरी ,सदस्यमा सुरेश पण्डित लगायत तरूण दलको समिति गठन गरिएको छ । तरुण दलको क्षेत्रीय अध्यक्ष धनेशवर यादवले जनकारी दिएको दिएको छ ।

पार्टी प्रवेश कार्यक्रम मिर्चैया नगपालिका वडा नं. २ को नेपाली कांग्रेसको वडा सभापति इन्द्र बहादुर पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका प्रशिक्षण विभगको प्रदेश संयोजक मो. मुखतारअहमद, विशिष्ठ अतिथि नेपाली कांग्रेसका क्षेत्रीय सभापति नागेश्वर भुरेर,अतिथीहरुमा नेपाली कांग्रेसका प्रदेश सभापति अरूण कुमार सिंह, नेपाली कांग्रेस मिर्चैया नगर सभापति रमेश न्योपानी,तरुण दलको क्षेत्रीय अध्यक्ष धनेशवर यादव, तरुण दलको क्षेत्रीय कोषाध्यक्ष जिवछ यादव,जिल्ला सदस्य अरबिन्द मण्डल ,नगर अध्यक्ष बिलेक्षन यादव लगायतका नेता तथा कार्यकर्ता लगायत स्थानीय, बुद्धिजिवी, समाजसेवी, संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।