WE ARE UPGRADING OUR WEBSITE YOU MAY FACE TECHNICAL DIFFICIULTIES TEMPERORARY|LGMNEPAL|

सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान खरिदः ३ पटकसम्म स्पेशिफिकेशन संशोधन, मिलेन विवाद

२१ आश्विन २०७७, बुधबार ०७:५० मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालले सिटी स्क्यान खरिद गर्दा तयार पारिएको स्पेशिफिकेशन ३ पटकसम्म संसोधन गरेको खुलेको छ । तिन–तिन पटक संशोधन गरिएको स्पेशिफिकेशनको यो विवाद अझै टुंगिएको छैन् ।

गत ३२ साउनमा आह्वान भएको उक्त खरिद बोलपत्र १२ असोजमा म्याद थप भएको थियो । टेण्डर आज (२१ असोज) मा खोल्ने बताइएको छ । ९ करोडमा खरिद गर्न अन्तर्राष्ट्रियस्तरको बोलपत्रको माध्यमबाट आह्वान गरिएको १२८ स्लाईसको सिटी स्क्यान मेसिनको प्राविधिक स्पेशिफिकेशन पटक–पटकसंसोधन गरिएको हो ।

प्राबिधिक स्पेशिफिकेशन संसोधन गर्दा ६ दिनको म्यद समेत थप्नु परेको थियो । सार्वजनिक खरिद अनुगमन कार्यालयको बोलपत्र पोर्टलमा राखिएको सुचनाले पनि उक्त विषय पुष्टि गरेको छ ।

खरिद विज्ञका अनुसार एउटा बोलपत्रमा बिडरले पुरा गर्नु पर्ने कानुनी सर्तहरु, अनुभव सम्बन्धी सर्तहरु र प्राविधिक स्पेशिफिकेशन सम्बन्धी बिबरणहरु राखिएको हुन्छ । तर, सेति प्रादेशिक अस्पतालले सिटी स्क्यानको खरिदको लागि तयार गरेको स्पेशिफिकेशन अन्य कुनै कुरा संसोधन नगरी प्राबिधिक बिषय मात्रै संसोधन गरिएको छ ।

बिवादित बायोमेडीकल ईन्जिनियर तयार गरेको स्पेशिफिकेशन
सुदूरपश्चिममा हुने स्वास्थ्य समाग्री खरिद स्पेशिफिकेशन कै कारण पटक–पटक पविवादीत हुँदै आएका छन्, बायोमेडीकल ईन्जिनियर, हरेन्द्र चटौत ।

सेती प्रादेशिक अस्पतालले खरीद गर्न लागेको सिटी स्क्यानको स्पेशिफिकेशन पनि उनैले तयार पारेका हुन् । गत बर्ष स्वास्थ्य सेवा बिभागले करारमा नियुक्त गरी सुदुरपश्चिम प्रदेशका स्वास्थ्य संस्थाहरु स्वास्थ्य उपकरण मर्मत गर्न खटाएको थियो । तर, ईन्जिनियर चटौतको गत असारबाट स्वास्थ्य सेवा बिभागले करार नबिकरण गरेको छैन ।

ईन्जिनियर चटौतलाई प्रदेश स्वास्थ्य आपुर्ति ब्यबस्थापन केन्द्र धनगढीमा सामाजिक बिकास मन्त्रालय बाट गैरकानुनी रुपमा स्वास्थ्य क्षेत्रका माफिया र मन्त्रालयका कर्मचारी स्वास्थ्य निर्देशकको मिलोमतोमा आफू अनुकुल कार्य गराउन बिज्ञापन नै नखोलि साउन १ गते बाट भर्ना गरेको छ ।

ईन्जिनियर चटौत सुदूरपश्चिमका स्वास्थ्य संस्था मा हुने स्वास्थ्य समाग्री खरीद मा सहभागि हुदै आएका छन् । ईन्जिनियर चटौत डडेल्धुरा अस्पतालले सिटी स्क्यान खरिदमा स्पेशिफिकेशन संसोधन गरेपछि विवादमा आएका थिए ।
सबैभन्दा बढी चलखेल र मिलेमतो स्पेशिफिकेशनमै हुने गर्दछ ।

सेति प्रादेशिक अस्पताल , डडेल्धुरा अस्पताल, महाकालि अस्पतालमा हुने स्वास्थ्य सामाग्री खरिदमा सहभागी हुँदै आएका छन् ।

सेति प्रादेशिक अस्पतालको सिटी स्क्यान खरिदको स्पेशिफिकेशन पिन प्रि–बिड बैठकमा एउटा मात्र कम्पनिलाई मिल्ने गरेर तयार गरेका थिए । नियमित प्रि–बिड बैठकमा एउटा मात्र सप्लायर्स सँग मात्र मिल्ने प्राबिधिक स्पेशिफिकेशन बनाईएको भन्दै आलोचना भएको र संसोधनको माग भएपछि ३ पटक संसोधन गरिएको छ ।

-भट्ट उज्यालो नेटवर्ककका लागि सुदूरपश्चिम प्रदेशबाट रिपोर्टिङ गरिरहेका छन् ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार