| Tuesday 6 October, 2020

एथ्लेटिको मड्रिडका मिडफिल्डर थोमस पार्टे आर्सनलमा अनुबन्धित

काठमाडौं । स्पेनिस क्लब एट्लेटिको मड्रिडका मिडफिल्डर थोमस पार्टेलाई इंङ्लिश क्लब आर्सनलले खरिद गरेको छ । घानाका २७ बर्षे पार्टेलाई ५० मिलियन युरोमा लण्डण क्लबले अनुबन्धन गरेको हो ।

उनले गत सिजनको लालिगामा एथ्लेटिको क्लबबाट ३५ खेल खेल्दै ३ गोल गरेका थिए भने एथ्लेटिको तेस्रो स्थानमा रहदै लिगको अन्त्य गरेको थियो ।

सन् २०११ म एट्लेटिकोमा आबद्ध भएका उनले ला लिगा क्लबबाट १ सय ८८ खेलमा प्रतिनिधित्व गरेका हुन् । पार्टेले घानाबाट २९ अन्तराष्ट्रिय म्याच खेलेका छन् ।

उनले एट्लेटिकोबाट सन् २०१७–१८ मा युरोपा लिग र सन् २०१८ मा सुपर कप जितेका थिए ।

उनले सन् २०१८ मा एट्लेटिकोसंग सम्झौता नविकरण गर्दै सन् २०२३ सम्म बस्ने निर्णय गरे पनि सरुवा बजारमा क्लबले उनलाई बेच्ने निर्णय गरेको हो । अब उनले प्रिमियर लिग क्लब आर्सनलबाट खेल्नेछन् ।

खोज्नुहोस्

बिचार

सबै

के अघोषित रुपमा लोडसेडिङ हुन थालेको हो ?

काठमाण्डौ । समग्रमा यसबर्ष बिगतभन्दा पानी धेरै पर्यो । देशका ठुला जलाशययुक्त आयोजनाहरु अझै पनि भरी नै छन । देशको अहिलेको मौसम पनि समयानुकूल नै छ । कुनै प्राकृतिक बिपत्तिको चपेटामा देश छैन । रन अफ दि रिभर अर्थात नदिको प्रवाहमा आधारित जलविद्युत आयोजनाहरुले पनि आफ्नो क्षमतामै उत्पादन गरिरहेका छ्न। पछिल्लो केही दिन यता देशका […]

दशैंको आशिर्वाद, युवराज खतिवडा भएस् !!!

एकातर्फ कोरोनाको महामारी । अर्कोतर्फ दशैंले छपक्क छोप्न लाग्यो । के गर्ने के नगर्ने मान्छेहरु रणझुल्लमा छन् । तरपनि दशै भनेको दशैं नै हो । हिन्दुहरुको सबैभन्दा ठूलो पर्व, जुन गैर हिन्दुहरुले पनि आ–आफ्नो विधी अनुसार मनाउँछन् । र, दशैं बहुसङख्यक नेपालीले मान्ने खानपानको पर्व भनौं । भेटघाटको पर्व भनौं । अनि विजयको पर्व पनि […]

कुलमान घिसिङका कारणले ढलेको एउटा पर्खाल

मलाई भारतका प्रधानमन्त्रीज्युले राष्ट्रिय सुरक्षा परिषद्का सदस्य बनाउनुभयो । अस्तिसम्म चौकीदार हो, बहादुर हो भन्थ्यो नेपालीलाई । भारतको उच्चतम संस्थामा पुग्दा मलाई गर्व लाग्थ्यो (एउटा पर्खाल भत्काई दिएँ भनेर । हामी सबैको ठूलो लक्ष्य पर्खाल भत्काउने हुनुपर्छ । पर्खाल नाघ्ने क्षमता छैन, बलबुद्धि हँदैन भनेर बनेका कृत्रिम पर्खाल, बनावटी पर्खाल एकएक गरी तोड्नुपर्छ । अनि […]

संविधानले जनतालाई निम्छरो रैती होइन, बहुबली शासक बनाएको

हिजो मात्र हामी नेपाली जनताले पाचौं संविधान दिवस मनायौं । जुन नेपालको संविधान २०७२ हो । उक्त संविधानको पहिलो वाक्यमा लेखिएको छ ‘हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता’ । यो वाक्यले स्पष्ट पार्दछ की जंगबहादुरले १९१० मा लागु गरेको मुलुकी ऐनलाई नै टालटुल गर्दै अनि कामचलाउ बनाउँदै आएका थियौं । त्यसको अन्त्य गर्दै हामी नेपाली जनता […]