| Tuesday 6 October, 2020

भालुवाङको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप, केही सांसदले पार्टीकै निर्णय नमान्ने 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङ देउखुरीको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ । मंगलबार (आज) बस्ने प्रदेश सभाको बैठकमा प्रदेशको नाम र राजधानीबारे मतदान हुँदैछ । सोही मतदानमा भालुवाङको विपक्षमा मतदान गर्ने निर्णय भएको विपक्षी दल कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडियाले बताए ।
 
प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी राख्न प्रस्ताव गरेको छ । नामबारे भने कांग्रेसको असहमति नरहेको कनौडियाले जनाए ।
 
प्रदेश सरकारको निर्णयपछि आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले सोमबार प्रदेशसभा बैठकमा स्थायी राजधानी दाङ देउखुरी र प्रदेशको नाम लुम्बिनी प्रस्ताव गरेका थिए । त्यसक्रममा नेपाली कांग्रेसका सांसदहरुले कुर्सी र टेबल तोडफोड गरेका थिए ।
 
प्रदेशसभामा ८७ जना सांसद छन् । प्रदेशको नाम र राजधानी तोक्न दुईतिहाइ मत चाहिन्छ । त्यो मत सत्तारूढ नेकपासँग रहेको छ । नेकपाका ६१ सांसद छन् । ५८ सांसदले पक्षमा मतदान गरे भने नाम र राजधानी तोकिन्छ ।
 
प्रदेशसभामा कांग्रेसका १९ सांसद छन् । यीमध्ये केही सांसद दाङ नै राजधानी हुनुपर्नेमा छन् । पार्टीले ह्वीप जारी गरेको भएपनि आफूहरुले त्यसलाई नमान्ने कतिपय सांसदको भनाइ छ ।

खोज्नुहोस्

फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी संक्रमित

पेरिस । फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् । फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घन्टा यता मात्र कम्तीमा पनि ४१ हजार ६२२ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो । यो संख्या सँगै कोभिड १९ को महामारी पछि नै २४ घन्टामा सबैभन्दा बढी व्यक्ति

सार्वजनिक यातायात एक महिनादेखि खुलेपनि यात्रु नहुँदा बसपार्क भरिभराउ

देशको समृद्धिकाे आधार भनेकाे जाति, भाषा र संस्कृतिकाे संरक्षण र