| Tuesday 6 October, 2020

दिल्ली क्यापिटल्ससँग रोयल च्यालेन्जर्स बैंगलोर पराजित

काठमाडौं । युएईमा जारी विश्व प्रख्यात भारतीय क्रीकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल)को १३ औं संस्करण अन्तर्गत उपाधी दाबेदार मानिएको भारतीय राष्ट्रिय टोलीका कप्तान विराट कोहली आबद्ध रोयल च्यालेन्जर्स बैंगलोर दिल्ली क्यापिटल्ससँग पराजित भएको छ ।

दुबई इन्टरनेशन क्रीकेट स्टेडियममा सम्पन्न खेलमा बैंगलोर दिल्लीसँग ५९ रनले पराजित भएको हो । बैंगलोरले टस जितेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९६ रन बनायो । दिल्लीलाई ठूलो रन योगफल बनाउँन अलराउन्डर मार्किस स्टोइनिसले केबल २६ बलमा ५३ रन बनाई अविजित रहे । यस्तै पृथ्वी शाले २३ बल खेल्दै ४२ रन बनाए भने शिखर धावन २८ बलमा ३२ रन बनाएर आउट भए । कप्तान श्रेयस लेयरले १३ बलमा ११ रन,रिषभ पन्त २५ मा ३७ र हेटमेयरले ७ बलमा ११ रनमा अविजित रहे ।

बैंगलोरका लागी मोहमद सिराजले २ विकेट,इशुरु उडाना र मोइन अलीले १/१ विकेट लिए ।

दिल्लीले दिएको लक्ष्य पछ्याउने क्रममा बैंगलोरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३७ रन मात्र बनाए । दिल्लीका लागी सर्वाधिक ४३ रन कप्तान विराट कोहलीले बनाउनुबाहेक अन्य ब्याट्सम्यानले राम्रो रन बनाउनबाट चुके । बैंगलोरको ब्याट्सम्यानलाई धुलाई गर्न कागिसो रावाडाले ४ विकेट,नोर्ट्जे र अक्षर पटेलले २/२ विकेट र रविचन्द्र आस्विनले १ विकेट लिए ।