प्रदेश ५ को बैठकमा कुर्सीले हानेर टेबुल र माइक तोडफोड गर्ने कांग्रेसका ३ सांसद

उज्यालो प्रतिनिधि १९ आश्विन २०७७, सोमबार समाचार

रुपन्देही । प्रदेश नम्बर ५ को प्रदेशसभा बैठक चलिरहँदा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका ३ जना सांसदले कुर्सीले हानेर टेबुल र माइक तोडफोड गरेका छन्।

१ बजे सुरु भएको बैठक विरोध भएपछि स्थगित भएको थियो । दुई घण्टासम्म पनि कुनै सहमतिको विन्दु नभेटिएपछि सुरु भएको बैठकमा कांग्रेसले पुन: अवरुद्ध गरेको थियो । तर, सभामुखले बैठक निरन्तरता दिएपछि कांग्रेसले तोडफोड गरेको हो ।

नाराबाजी र प्रदर्शन गरिरहेका सांसदहरूले मन्त्री केसीलाई रोष्टम जान अवरोध गरे। कांग्रेस सांसदहरूबाट फुत्किएर रोष्टम पुगेका मन्त्री केसीले नामाकरण लुम्बिनी र प्रदेशको स्थायी राजधानी दाङ बनाउने प्रस्ताव छलफलका लागि पेस गरे।

यतिञ्जेल विरोधमा नाराबाजी गरिरहेका कांग्रेस सांसद आफ्नो बस्ने कुर्सी छेउ पुगेर कुर्सी उचालेर तोडफोडमा उत्रिए ।

लगत्तै कांग्रेस सांसद वसिउद्दिन खाले कुर्सी उचालेर टेबुलमा प्रहार गर्न थाले र त्यसपछि कांग्रेसका सांसदहरू रूपन्देहीका अष्टभुजा पाठक र नवलपरासीका सांसद वैजनाथ कलवारले कुर्सी उचालेर तोडफोड गरेका हुन्।

कांग्रेसले बुटवलमै प्रदेश राजधानी बनाउनुपर्ने माग गरेको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार