| Monday 5 October, 2020

प्रदेश ५ को प्रदेशसभाभित्रै कांग्रेस सांसदले गरे तोडफोड

बुटवल । प्रदेश ५ को प्रदेशसभा बैठकमा कुर्सी, टेबुल तोडफोड भएका छ । प्रदेशसभामा पेश भएको नाम र स्थायी राजधानीको विषयमा विरोधकैबीच सभामुखले बैठक अघि बढाएपछि कांग्रेस सांसदले तोडफेड गरेका हुन् ।

एक बजे सुरु भएको बैठक विरोध भएपछि स्थगित भएको थियो । दुई घण्टासम्म पनि कुनै सहमतिको विन्दु नभेटिएपछि सुरु भएको बैठकमा कांग्रेसले पुनः अवरुद्ध गरेको थियो ।

प्रदेशसभाको सोमबारको बैठकमा कानुन तथा आन्तरिक मामिलामन्त्री कुलबहादुर केसीले प्रदेश राजधानी र नामको प्रस्ताव छलफलका लागि पेस गर्ने क्रममा कांग्रेस सांसदहरूले नाराबाजी गर्दै तोडफोड गरेका हुन् । मन्त्री केसी प्रस्ताव पेस गर्नका लागि रोष्ट्रममा जाने क्रममा धक्कामुक्की गरेका सांसदहरूले प्रस्ताव पेश गर्ने क्रममा कुर्सीले टेबुल र माइकमा तोडफोड गरेका हुन् ।

तोडफोडकैबीच बोलेका नेकपाका प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले सरकारको प्रस्ताव ठीक नभएको र जनभावनाको कदर नभएको बताएका थिए । उनले विशेष समितिले विकल्पसहित दिएको प्रतिवेदन पनि सार्वजनिक गर्नुपर्ने माग गरे । सभामुखले दिएको ५ मिनेट सकिएपछि उनको माइक काटिएपछि उनले त्यसको पनि विरोध गर्दै झण्डै १० मिनेट हात उठाएरै विरोध जनाइरहेका थिए ।

खोज्नुहोस्

फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी संक्रमित

पेरिस । फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् । फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घन्टा यता मात्र कम्तीमा पनि ४१ हजार ६२२ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो । यो संख्या सँगै कोभिड १९ को महामारी पछि नै २४ घन्टामा सबैभन्दा बढी व्यक्ति

सार्वजनिक यातायात एक महिनादेखि खुलेपनि यात्रु नहुँदा बसपार्क भरिभराउ

देशको समृद्धिकाे आधार भनेकाे जाति, भाषा र संस्कृतिकाे संरक्षण र