राष्ट्रसंघीय महासचिवद्धारा अफगानिस्तानमा भएको कारबम हमलाको निन्दा

उज्यालो प्रतिनिधि १९ आश्विन २०७७, सोमबार प्रवास

न्युयोर्क । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानमा भएको कारबम हमलाको निन्दा गर्नुभएको छ । अफगानिस्तानको नानगाहार प्रान्तको एक जिल्लामा रहेको सरकारी कार्यालय परिसर गएको शनिबार अपराह्न तालिबानी आत्मघाती लडाकूहरुले कारबम हमला गरेका थिए ।

त्यस कारबम आक्रमणमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको थियो भने अरु करिब ४२ जना नराम्ररी घाइते भएका थिए । अपरान्ह कार्यालय समयमा सेवा लिन गएका सर्वसाधाराण नागरिकहरुको भिडभाड रहेको मौका पारेर आत्मघातीहरुले नान्गाहार प्रान्तको जिल्ला प्रशासनिक कार्यालयमा सो बम हमला भएको थियो ।

त्यस क्रममा सरकारी काम लिन सो कार्यालयमा लाममा बसेका सर्वसाधारणको ज्यान गएको थियो । घाइते हुने पनि सेवा लिन त्यहाँ पुगेका सर्वसाधारण थिए ।यसरी आफ्ना कामका लागि सरकारी कार्यालयमा पुगेका सर्वसाधारण नागरिकको हत्या गर्नु जघन्य अपराध हो भन्दै महासचिव गुटर्रेसले त्यस कार्यको कडा शब्दमा निन्दा गर्नुभएको छ ।

महासचिव गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकद्धारा आइतबार जारी गरिएको विज्ञप्तिमा सो कुरा बताइएको छ । सो विज्ञप्तिमा महासचिव गुटर्रेसले यस जघन्य अपराधमा संलग्नहरुलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने पनि बताउनुभएको छ ।
साथै उहाँले यस आक्रमणमा परी ज्यान गुमाएका परिवारका सदस्यहरुप्रति समवेदना व्यक्त गर्दै निधन भएकाहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । महासचिव गुटर्रेसले सो बम हमलामा परी घाइते भएका सर्वसाधारण नागरिकको स्वास्थ्या लाभको कामना गर्नुभएको पनि उहाँका प्रवक्ता डुजारिकले प्रकाशन गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार