WE ARE UPGRADING OUR WEBSITE YOU MAY FACE TECHNICAL DIFFICIULTIES TEMPERORARY|LGMNEPAL|

श्रोत नखूलेको नेपाली रुपैयाँ बरामद

१६ आश्विन २०७७, शुक्रबार १९:५० मा प्रकाशित

रौतहट । श्रोत नखूलेको नेपाली रुपैयाँ बरामद गरिएको छ । रौतहट गौर न.पा.२ महादेवपट्टी स्थित दशगजा क्षेत्रमा भारतबाट नेपाल तर्फ आंउदै गरेको पैदल यात्री भारत जिल्ला सितामढी असोगि ५ बस्ने बर्ष २० को राजु कुमार कांहारलाई शंका लागि चेक जाँच गर्दा निजको साथबाट श्रोत नखुलेको १५ लाख फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रबक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन् ।

पक्राउ परेका ब्यक्ति र सो रकम नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई प्रारम्भिक अनुसन्धान पश्चात आवश्यक कारवाहीको लागि शुक्रबार गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी गराएको छ ।

सो रकम हुन्डी कारोबारीको हुनसक्ने प्रहरीको भनाई रहेको छ । जिल्लामा पछिल्लो पटक यसरी अबैध हुन्डीको कारोबार गर्नेहरुको गिरोह सक्रिय रहेको र उनिहरूको कारोबार गर्ने रकम ओसारपसार गर्नेलाई नियन्त्रणमा लिई लाखौ रुपिया समेत बरामद गर्न प्रहरीलाई सफलता मिलेको छ ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार