काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आफ्ना नजिकका सहयोगीलाई संक्रमण पुष्टि हुनेवित्तिकै पीसीआर परीक्षण गराएका ट्रम्पको पनि कोरोना संक्रमण पुष्टि भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
उनीसँगै प्रथम महिला मेलानी ट्रम्प पनि आईसोलेसनमा बसेकी छन् । ट्रम्पकी सहयोगी होप हिक्सलाई कोभिड पोजिटिभ देखिएपछि ट्रम्प दम्पत्तिको पनि परीक्षण गर्दा पोजिटिभ देखिएको हो ।
पछिल्लो समय चुनावी प्रचार प्रसारका क्रममा ट्रम्प र हिक्स टेलिभिजन डिबेटका लागि सँगै एयर फोर्स वनबाट यात्रा गरेर ओहायो आएका थिए ।