अकूत सम्पत्ति कमाएको अभियोगमा सिडिइ शर्माविरुद्ध मुद्दा दायर

उज्यालो प्रतिनिधि १५ आश्विन २०७७, बिहीबार फोटो समाचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा जलस्रोत तथा सिँचाइ विभागका सिडिइ सुरेशकुमार शर्माविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  विभिन्न आयोजना तथा कार्यालयमा कार्यरत रहँदा पदीय दुरुपयोग गरेर रु तीन करोड छ लाख ५४ हजार ९३२ बराबर स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको पाइएको आयोगको अनुसन्धानबाट खुलेको छ । 

आयोगका अनुसार २०५२ माघ २५ गते राप तृतीय श्रेणी इञ्जिनीयर पदमा अस्थायी नियुक्ति लिई सार्वजनिक सेवामा प्रवेश गर्नुभएका शर्माले २०५३ साउन ४ गतेदेखि स्थायी भएको पाइएको छ । यस्तै आव २०७६/७७ सम्मको परीक्षण अवधिमा सिर्जित सम्पत्ति एवम् खर्च भएको विवरणको तुलना गर्दा आय अस्वाभाविक देखिएको आयोगको आरोप छ । शर्माको बैध आय रु दुई करोड ३५ लाख ३१ हजार ६७४ रहेको छ । खर्च तथा लगानी भने रु पाँच करोड ४१ लाख ८६ हजार ६०६ रहेको पाइएको छ । 

वैध आयभन्दा बढी खर्च गरी खरिद गरेका चलअचल सम्पत्ति एवम् विद्यमान सम्पत्ति तथा खर्च लगानीको स्रोत नखुलेको पाइएको आयोगले जनाएको छ । अवैध रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती बबिता फुँयाल शर्माको नाममा समेत राखेको पाइएको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आरोपी शर्माको अवैध सम्पत्ति जफथ गरी हदैसम्मको कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो । 

अवैध तरिकाले कमाएको सम्पत्ति आफू र श्रीमतीको नाममा जग्गा खरिद गरेको, विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गरेको तथा विभिन्न कम्पनीको संस्थापक एवम् साधारण शेयर समेत खरिद गरेको पाइएको छ । 

घुस लिएको अभियोमा कार्यालय सहयोगी पक्राउ 
यस्तै आयोगले सेवाग्राहीबाट रु २४ हजार घुस लिएको अभियोमा जनकपुरधाम उपमहानगरपालिका–१३ का वडा कार्यालय सहयोगी दिलीपकुमार पञ्जियारलाई आज कार्यालयबाटै पक्राउ गरेको छ ।  नेपाली नागरिकता प्रमाणपत्रको सिफारिश गराइदिएबापत सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा बर्दिबासबाट गएको आयोगको टोलीले पञ्जियारलाई पक्राउ गरेको हो । आरोपीमाथि थप अनुसन्धान भइरहेको छ । रासस

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार