सालझण्डी–ढोरपाटन सडकको बोबाङ खण्ड एक महिनापछि सञ्चालनमा

उज्यालो प्रतिनिधि १४ आश्विन २०७७, बुधबार समाचार

काठमाण्डौ । बाढीले सडक बगाउँदा अवरुद्ध बनेको सालझण्डी–ढोरपाटन सडकको बोबाङ खण्ड करिब एक महिनापछि सञ्चालनमा आएको छ । जिल्लाको ढोरपाटन नगरपालिकामा भदौ १७ गते राति आएको बाढीले नेपालकै एकमात्र शिकार आरक्ष रहेको ढोरपाटनको देउराली नजिकै बुर्तिवाङमा खसेको पहिराले खोला थुनिएर अचानक फुटेपछि भुजीखोलाको बाढीले वडा नं ५, ६, ७, ८ र ९ का तटीय बस्तीमा क्षति पु¥याउनुका साथै करिब १० किलोमिटर सडक बगाएपछि सडक सञ्जाल टुटेको थियो ।

राष्ट्रिय प्राथमिकताको आयोजनामा बाढीले क्षति पु¥याएपछि अवरुद्ध बनेको सडक २९ दिनपछि पूर्णरुपमा सञ्चालनमा आएको सालझण्डी–ढोरपाटन सडक आयोजनका इञ्जिनीयर सेरेश चौधरीले जानकारी दिनुभयो । “सडक अवरुद्ध भएपछि भदौ २१ गतेदेखि आयोजनाले काम थालेको थियो”, उनले भने “बाढीले भत्काएका स्थानमा नयाँ ट्रयाक खोलेर सडक सञ्चालनमा ल्याए पनि पुरानै स्वरुपमा फर्काउन समय लाग्नेछ ।”

आयोजनाले सडकलाई पुरानै स्वरुपमा फर्काउनका लागि झण्डै ६० करोड खर्च लाग्ने लागत अनुमान गरी अर्थ मन्त्रालयमा बजेट माग गरी पठाइसकेको आयोजना कार्यालय सन्धिखर्क अर्घाखाँचीका प्रमुख जयलाल मरासिनीले बताए । आयोजनाले अहिले ट्रयाक खुला गरी बाढीग्रस्त क्षेत्र द्वालाभन्दा माथि देउरालीडाँडासम्म सडक मर्मतपछि सञ्चालनमा ल्याएको हो ।

सडक सञ्चालनमा आएपनि थप मर्मत कार्य भने जारी रहेको आयोजनाको भनाइ छ । आयोजनाका इञ्जिनीयर चौधरीका अनुसार अहिले देउरालीडाँडामा पहिरो हटाएर सडक सञ्चालन गरेको बताउँदै देउरालीका थप केही दिन सडक मर्मत कार्य चलिरहने छ ।

बाढीले सबैभन्दा बढी ढोरपाटन नगरपालिका–९ मा ठूलो जनधनको क्षति गरेको छ । बाढीले भुजीखोलाको किनाराबाट गएको सालझण्डी–ढोरपाटन सडकसहित ११ लघुजलविद्युत् आयोजना, दुई विद्यालय, एक स्वास्थ्य चौकी र ११ झोलुङ्गे पुल बगाएको थियो । बाढीमा २२ जानले ज्यान गुमाए भने १५ जना अझै बेपत्ता छन् ।

ढोरपाटनको बाढीले सडक बगाउँदा उद्धार र राहतमा समेत सकस भएको थियो । ढोरपाटन नगरपालिका–७ दोगाडीबाट अवरुद्ध भएको सडक बोबाङ गाउँबाहेक बाढीले बगाएको शुरुको गाउँद्वारसम्मको सडक ठाउँठाउँमा बगाएर बगरमा परिणत गरेको थियो ।

सरकारको प्राथमिकीकरणको आयोजनामध्येको एक सालझण्डी ढोरपाटन सडक सञ्चालनमा आए पनि पुरानै अवस्थामा फर्काउन एक वर्षभन्दा बढी समय लाग्ने आयोजनाको भनाइ छ ।

भुजीखोला बाढीपश्चात् धार परिवर्तन गरेका कारण नदीलाई पुरानै अवस्थामा फर्काएर सडक निर्माण गरिएको हो । सडक सञ्चालनका लागि ढोरपाटन नगरपालिकाले समन्वय गरेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार