चोरी तस्करी नियन्त्रणबाट २२ लाखभन्दा बढी राजश्व असुली

उज्यालो प्रतिनिधि १४ आश्विन २०७७, बुधबार समाचार

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो अढाइ महिनामा चोरी तस्करी नियन्त्रणबाट प्रहरीले रु २२ लाखभन्दा बढी राजश्व असुली गरेको छ । लकडाउनका कारण जिल्लाका भन्सार कार्यालय बन्द रहेको अवस्थामा विभिन्न चोरबाटो हुँदै नेपालबाट भारत र भारतबाट नेपालतर्फ हुने गरेको चोरी तस्करी नियन्त्रणबाट प्रहरीले रु २२ लाख २२ हजार ३९३ राजस्व असुली गरेको महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार उक्त अवधिमा नेपालबाट भारततर्फ चोरी निकासी गर्न लागिएको पशु चौपाया, मटर र भारतबाट नेपालतर्फ चोरी पैठारी गर्न लागिएको चिनी, तेल, लत्ताकपडा, विभिन्न किराना सामान तथा सो सरसामान ओसारपसार गर्न प्रयोग गरिएका चार थान मोटरसाइकलसहित रु २२ लाख २२ हजार ३९३ मूल्य बराबरको सामान बरामद गरिएको हो ।

यसैगरी नेपालबाट भारत र भारतबाट नेपाल चोरी तस्करी गर्नमा संलग्न रहेको आरोपमा १० व्यक्तिलाई नियन्त्रणमा लिई उनीहरुमाथि आवश्यक कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक केसीको भनाइ छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार