| Monday 28 September, 2020

‘यसरी बाँच कि तिमी भोली नै मर्दैछौ तर यसरी सिक कि तिमी सधैभरी बाँच्दैछौ’

काठमाण्डौ । महात्मा गान्धी (मोहनदास करमचन्द गान्धी)लाई ब्रिटिश शासनबाट भारतलाई स्वतन्त्र गराउन जसको भूमिकालाई सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । उहाँ २ अक्टुबर १८६९ मा गुजरातको पोरबंदरमा जन्मनुभएको थियो । उनकी आमाको नाम पुतलीबाई र बुबाको नाम करमचन्द गान्धी थियो। एक साधारण परिवारमा जन्मेका महात्मा गान्धी आफ्ना विचारहरु मार्फत विश्वव्यापी महान बने। उनले संसारलाई सत्य र अहिंसाको पाठ सिकाए । यी हुन महात्मा गान्धीका अनमोल विचार ।

. मानिस आफ्नै सोचाइको उत्पादन हो, व्यक्ति त्यही बन्छ जे उ सोच्दछ ।

. जहाँ प्रेम छैन त्यहाँ जीवन पनि हुदैन ।

. स्वतन्त्रता राष्ट्रको अनन्त यौवन हो ।

. पुस्तक र मोतीमा यत्ती फरक छ कि मोती बाहिर चम्कन्छ भने पुस्तक अन्तस्करणमा ।

. कमजोरले कहिल्यै क्षमा दिन सक्दैन । क्षमादान गर्नु वलिष्ठ व्यक्तिको गुण हो ।

. पहिला तिनीहरूले वेवास्त गर्नेछन्, त्यसपछी तिमी उपर हास्नेछन्, त्यसपछी लड्नेछन्, र अन्त्यमा तिमीले जित्नेछौ ।

. तिमीले संसारलाई जस्तो पर्वर्तित रूपमा देख्न चाहन्छौ पहिला तिमी स्वयं परिवर्तन हुनुपर्नेछ ।

. यसरी बाँच कि तिमी भोली नै मर्दैछौ । तर यसरी सिक कि तिमी सधैभरी बाँच्दैछौ ।

. यदि तिमी अल्पमतमै छौ भने पनि सत्य भनेको सत्य हो ।

. मेरो अनुमती विना कसैले पनि मलाई पिडा दिन सक्दैन ।