| Monday 28 September, 2020

क्यान्सर पीडित थिङलाई ५ लाख बढी आर्थिक सहयोग

विजय जिम्बा,काभ्रे । जिल्लाको विकट क्षेत्र खानीखोला गाउँपालिका–३ स्थित सौरेको क्यान्सर पीडित २५ वर्षीय दिनेश थिङलाई देश तथा विदेशमा रहेका नेपालीहरुले उपचारका लागि आर्थिक सहयोग गरेका छन् । क्यान्सर रोगबाट पीडित भई उपचारर्थ थिङलाई विभिन्न देशबाट गरी ५ लाख ४९ हजार ७ सय २ रुपैयाँ संकलन भएको हो ।

विभिन्न देशबाट संकलन भएको उक्त सहयोग रकम प्रदेश सभा सदस्य सांसद् चन्द्र लामा र नेकपा वागमती प्रदेशका सदस्य इन्द्र बहादुर थिङ ‘छिन्ताङ’ लगायतले विभिन्न समयमा क्यान्सर पीडित थिङको डेरामा नै पुगेर सहयोग रकम हस्तान्तरण गरेका थिए । विगत ३ महिना अघिदेखि पेटको क्यान्सरबाट पीडित थिङको ललितपुरस्थित वि एण्ड वि अस्पतालमा किमो थेरापीसहितको उपचारर्थ छन् ।

रकम सहयोग गर्नेमा रोजगारी तथा अध्ययनको सिलसिलामा जापान, साईप्रस, मालेसिया, युएई, साउदी आरब, कतार, नेबनान लगायतका देशमा रहको नेपालीहरुले उपचारको लागि आर्थिक सहयोग भएको क्यान्सर पीडित थिङको दिदी निर्मला थिङले उज्यालो नेटवर्कलाई जानकारी दिए । उनको अनुसार नेपालबाट प्रदेश सभा सदस्य सांसद् चन्द्र लामा – व्यक्तिगत तर्फबाट), अविरल जिम्बाको पहलमा जिम्बा परिवारबाट र अन्य सहयोगीहरुबाट पनि थिङलाई रकम सहयोग भएको थियो ।

सांसद् लामाले यस्तो गम्भीर प्रकृतिको रोग कसैलाई नलागोस् भनी कामना गर्दै सहयोगहरुलाई सहयोगीहरुलाई आभार तथा धन्यवाद व्यक्त गरेको थियो । त्यसैगरी नेता थिङले संस्था, राजनीतिक तथा व्यक्तिगत रुपमा खेल्नु पर्ने भुमिका र गर्नु पर्ने साथ सहयोग अगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।

जापानबाट तामाङ समाज जापनका महासचिव बलराम लामाको संयोजकत्वमा तामाङ समाज र जापानमा रहेका अन्य सहयोगीहरुबाट गरी १ लाख १९ हजार ३ सय ६४ रुपैँया संकलन गरी थिङलाई सहयोग गरेको थिए ।

त्यस्तै क्यान्सर पीडितको दिदीले उपचारको लागि रकम संकलन गर्न सञ्चालन गरिएको सहयोग अभियान पनि बन्द भएको जनाकारी दिए । ‘हामीले भाईको उपचारको लागि देश तथा विदेशमा रहका नेपाली दाजुभाई र दिदीबाहिनीमा सहयोग अभियान चलाएको थियौँ’, उनले भने, ‘अब यो सहयोग अभियान रोकिएको छ, जुन कुरा सबैलाई जनाकारी गर्दै सहयोगी मनहरुप्रति हृदयदेखि नमन तथा धन्यवाद व्यक्त गर्दछु ।’

सांसद् लामा व्यक्तिगत सहयोग
क्यान्सरबाट पीडित उपचारर्थ थिङलाई प्रदेश सभा सदस्य सांसद् चन्द्र लामाले व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेको छ ।

प्रदेश सांसद् लामाले आफ्नो व्यक्तिगततर्फबाट ६ हजार रुपैँया सहयोग गरेको थियो । सांसद् लामाले रकम हस्तान्रण गर्दै उपचारर्थको स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।

 

खोज्नुहोस्

बिचार

सबै

के अघोषित रुपमा लोडसेडिङ हुन थालेको हो ?

काठमाण्डौ । समग्रमा यसबर्ष बिगतभन्दा पानी धेरै पर्यो । देशका ठुला जलाशययुक्त आयोजनाहरु अझै पनि भरी नै छन । देशको अहिलेको मौसम पनि समयानुकूल नै छ । कुनै प्राकृतिक बिपत्तिको चपेटामा देश छैन । रन अफ दि रिभर अर्थात नदिको प्रवाहमा आधारित जलविद्युत आयोजनाहरुले पनि आफ्नो क्षमतामै उत्पादन गरिरहेका छ्न। पछिल्लो केही दिन यता देशका […]

दशैंको आशिर्वाद, युवराज खतिवडा भएस् !!!

एकातर्फ कोरोनाको महामारी । अर्कोतर्फ दशैंले छपक्क छोप्न लाग्यो । के गर्ने के नगर्ने मान्छेहरु रणझुल्लमा छन् । तरपनि दशै भनेको दशैं नै हो । हिन्दुहरुको सबैभन्दा ठूलो पर्व, जुन गैर हिन्दुहरुले पनि आ–आफ्नो विधी अनुसार मनाउँछन् । र, दशैं बहुसङख्यक नेपालीले मान्ने खानपानको पर्व भनौं । भेटघाटको पर्व भनौं । अनि विजयको पर्व पनि […]

कुलमान घिसिङका कारणले ढलेको एउटा पर्खाल

मलाई भारतका प्रधानमन्त्रीज्युले राष्ट्रिय सुरक्षा परिषद्का सदस्य बनाउनुभयो । अस्तिसम्म चौकीदार हो, बहादुर हो भन्थ्यो नेपालीलाई । भारतको उच्चतम संस्थामा पुग्दा मलाई गर्व लाग्थ्यो (एउटा पर्खाल भत्काई दिएँ भनेर । हामी सबैको ठूलो लक्ष्य पर्खाल भत्काउने हुनुपर्छ । पर्खाल नाघ्ने क्षमता छैन, बलबुद्धि हँदैन भनेर बनेका कृत्रिम पर्खाल, बनावटी पर्खाल एकएक गरी तोड्नुपर्छ । अनि […]

संविधानले जनतालाई निम्छरो रैती होइन, बहुबली शासक बनाएको

हिजो मात्र हामी नेपाली जनताले पाचौं संविधान दिवस मनायौं । जुन नेपालको संविधान २०७२ हो । उक्त संविधानको पहिलो वाक्यमा लेखिएको छ ‘हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता’ । यो वाक्यले स्पष्ट पार्दछ की जंगबहादुरले १९१० मा लागु गरेको मुलुकी ऐनलाई नै टालटुल गर्दै अनि कामचलाउ बनाउँदै आएका थियौं । त्यसको अन्त्य गर्दै हामी नेपाली जनता […]