युवाहरु देशका आधारस्तम्भ हुन् : मुख्यमन्त्री पौडेल

उज्यालो प्रतिनिधि ११ आश्विन २०७७, आईतवार समाचार

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले युवा देशका आधारस्तम्भ भएको बताएका छन् । युवा परिषद्द्वारा आयोजित दोस्रो प्रदेश युवा सम्मेलनमा मुख्यमन्त्री पौडेलले युवाहरु नवीन चेतना र विचारका सम्वाहक एवं परिवर्तनका अग्रगामी दस्ता भएको उल्लेख गरे । 

भिडियो सम्बोधनमार्फत उनले नेपालको राजनीतिक परिवर्तनमा युवाहरुले निर्वाह गरेको भूमिका आफैँमा अद्वितीय रहेको भन्दै युवाहरुको सङ्घर्ष, त्याग र बलिदानकै जगमा लामो समयदेखि विद्यमान राजनीतिक सङ्क्रमणकाल अन्त्य भई राष्ट्र समृद्धिको युगमा प्रवेश गरेको बताए ।

विगतमा राजनीतिक मुद्दाको उल्झनमा विकास र सम्बृद्धिको मुद्धा पछाडि परेको यथार्थ सबैमाझ छर्लङ्ग रहेको उनको भनाइ थियो । 

उनले संविधानका उपलब्धिलाई संस्थागत गर्दै जनतालाई परिवर्तनको अनुभूति गराउन हिजोका प्रवृत्ति र कायशैलीबाट उठेर नयाँ शिराबाट अघि बढ्नुको विकल्प नरहेको धरणा राखे । मुख्यमन्त्री पौडेलले सरकारले अँगाल्ने नीति तथा तय गरेका कार्यक्रमहरुले त्यसको झल्को दिन सक्नुपर्ने भन्दै प्रदेश सरकारका नीति तथा कार्यक्रम यसै दिशामा केन्द्रीत रहेको बताए । 

कोरोना महामारीका कारण हजारौं युवाहरु रोजगारीबाट विमुख भएको उल्लेख गर्दै उनले भने, “विदेशमा श्रम गर्न गएका युवाहरु फर्किनु परेकाले आश्रित परिवारमा जीविकाको चिन्ता र भय थपिएको छ । विदेशबाट फर्र्किएका युवालाई श्रम र उत्पादनमा जोड्दै तथा स्वदेशमै कर्म गरिरहेका युवालाई राहत तथा प्रोत्साहनका प्याकेजहरुमार्फत युवा पलायनलाई रोक्ने गरी योजना, कार्यक्रम ल्याउने छौँ ।” 

मुख्यमन्त्री पौडेलले पछिल्लो समय पढे लेखेका तथा विषयविज्ञ युवाहरुसमेत राम्रो अवसरका लागि पलायन हुने समस्यालाई सम्बोधन गर्न उनीहरुको ज्ञान एवं विषय विज्ञतालाई स्वदेशमै उपयोग हुने अवस्था सिर्जना गर्नुपर्ने धारणा राखे ।

उनले अदक्ष एवं अर्धदक्ष युवालाई सीप विकास तालिमको अवसर प्रदान गरी स्वदेशमै रोजगारी सिर्जना गर्न प्रदेश सरकारले युवा लक्षित नीति तथा कार्यक्रममा जोड दिएको उल्लेख गरे । रासस

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार