| Sunday 27 September, 2020

विद्यार्थीको उपस्थितिमा पनि जोरबिजोर प्रणाली

काठमाडाैं। चैत पहिलो साता हतारमै वार्षिक परीक्षा सकाएपछि आइतमान गुरुङ विद्यालय जान पाएका थिएनन् । क्व्होलासोंथर गाउँपालिका–४ भुजुङस्थित त्रिभुवन माविमा कक्षा ९ मा पढ्ने उनलाई ६ महिनापछि विद्यालय पुग्दा नौलो लाग्यो । यस्तो लाग्नेमा उनी एक्लो विद्यार्थी थिएनन् । कारण विद्यालय प्रवेश गर्दा र पढ्दा अपनाइने व्यवहार यसअघिका भन्दा फरक थिए ।

अहिले कक्षाकोठामा पस्दा अनिवार्य साबुनपानीले हात धुनुपर्छ । नभए सेनिटाइजर लगाउनुपर्छ । बेन्चमा पहिले चार जना बस्थे, अहिले दुई जना मात्रै बस्न पाइन्छ । विद्यार्थीको उपस्थितिमा पनि जोरबिजोर प्रणाली लागू गरिएको छ । जसअनुसार रोल नम्बरका आधारमा विद्यार्थी आलोपालो गर्दै विद्यालय आउँछन् ।

क्व्होलासोंथर–६ पसगाउँस्थित पसगाउँ ठाँटी माविमा कक्षा १० मा पढ्ने मानिका घर्तीलाई पनि पठनपाठनको शैली नौलो लागेको छ तर ढिलै भए पनि विद्यालय खुलेकोमा खुसी छिन् । ‘मास्क लगाएर पढिरहेका छौं । सर पनि मास्क लगाएरै पढाउनुहुन्छ,’ उनले भनिन्, ‘पढाइ धेरै छुट्यो । ढिलै भए पनि पढाइ सुरु भयो, खुसी छु ।’

त्रिभुवन विद्याश्रम माविका प्रधानाध्यापक दुर्गाबहादुर गुरुङले विद्यार्थी आलोपालो आइरहेको बताए । सेनिटाइजर र मास्क गाउँपालिकाले उपलब्ध गराएको छ । पसगाउँ ठाँटी माविका प्रअ रतनसिंह गुरुङले स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर पठनपाठन थालिएको बताए । टोल–टोलमा पढाउँदा प्रभावकारी नभएपछि विद्यार्थीलाई विद्यालयमै बोलाइएको उनको भनाइ छ । सुरक्षित तबरले कक्षा सञ्चालन गरिएकाले सबै विद्यार्थी पढ्न आएका उनले दाबी गरे ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख दीपक पौडेलले विद्यार्थीको सिट प्लान, मास्क र सेनिटाइजर अनिवार्य प्रयोग, साबुनपानीले हात धुनेलगायत १४ बुँदे आचारसंहिता जारी गरेर पठनपाठन थालिएको बताए । कान्तिपुर दैनिकमा खबर छ ।पत्रपत्रीकाबाट

खोज्नुहोस्

फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी संक्रमित

पेरिस । फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् । फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घन्टा यता मात्र कम्तीमा पनि ४१ हजार ६२२ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो । यो संख्या सँगै कोभिड १९ को महामारी पछि नै २४ घन्टामा सबैभन्दा बढी व्यक्ति

सार्वजनिक यातायात एक महिनादेखि खुलेपनि यात्रु नहुँदा बसपार्क भरिभराउ

देशको समृद्धिकाे आधार भनेकाे जाति, भाषा र संस्कृतिकाे संरक्षण र