कोरोना संक्रमणबाट एकैदिन ८ जनाको मृत्यु, मृतकको संख्या ४६७ पुग्यो

काठमाण्डौ । कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा नेपालमा ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । 

पछिल्लो २४ घण्टामा देशभर थप १२ सय ७ जना कोरोना संक्रमित थपिएका छन । योसँगै कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी २४ घण्टामा ११ सय ४७ जनाले कोरोना जितेसँगै नेपालमा कोरोना जित्नेको संख्या ५३ हजार १३ पुगेको छ।

नेपालमा अहिलेसम्म पीसीआर परीक्षणको संख्या ९ लाख ७८ हजार २०४ पुगेको छ।

मन्त्रालयका अनुसार २२४ जनाको आईसीयूमा उपचार भइराखेको छ भने २७ जनालाई भेन्टिलेटरमा राखिएको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार