मृत्युपश्चात एक जनामा कोरोना सङ्क्रमण पुष्टि

चितवन । चितवनमा मृत्युपश्चात एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएका कैलाली गोदावरी नगरपालिका–९ का ३० वर्षीय पुरुषमा आज कोरोना पुष्टि भएको हो । मिर्गौलाको दीर्घरोग र श्वासप्रश्वासको समस्या भई हिजो मात्रै ती पुरुष अस्पताल भर्ना भएका थिए ।

जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ । तीमध्ये चितवनका १८, मकवानपुरका सात, नवलपरासीपूर्वका पाँच, कैलालीका दुई, तनहुँ, रौतहट, सर्लाही, गोरखा र बाराका एक÷एक जना रहेका छन् ।

यसैबीच भरतपुर महानगरपालिका–१३ स्थित वेलसर मध्यवर्ती सामुदायिक वनमा बिहान बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय जगदीश चौधरी रहेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार