तामाङ भाषाको र्याप गीतमा अपाच्य शब्द प्रयोग भएकोमा तामाङ कलाकार संघको ध्यानाकर्षण

विवेक लोप्चन ६ आश्विन २०७७, मंगलवार फोटो समाचार

काठमाण्डौ । तामाङ भाषाको गीतमा अपाच्य शब्द प्रयोग गरि सामाजिक सञ्जाल टिकटकमा सार्वाजानिक गरिएकोमा गम्भिर ध्यानाकर्षण भएको भन्दै नेपाल तामाङ कलाकार संघले प्रेस विज्ञप्ती निकालेको छ । संघले मङगलबार प्रेस विज्ञप्ति जारी गरी उक्त बिषय बारे ध्यानाकर्षण गराएको हो।

‘अहिले एउटा तामाङ भाषाको र्‍याप गीतको सन्दर्भमा अत्यन्तै अपाच्य र सामाजिक , साॅस्कृतिक मुल्यमान्यता बिपरितका शब्दहरु प्रयोग गरेर
सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक भएको सामग्री प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तीमा भनेको छ ।

साथै साँस्कृतिक मुल्यमान्यता बिपरितका शब्दहरु प्रयोग गरी सामाजिक सञ्जालमा गीत सार्वजानिक गर्नु गलत गतिविधिले आफु स्थापित हुन्छु भन्ने गलत मानसिकता बोकी प्रस्तुत हुन खोज्नु एक प्रकारको सामाजिक, सांस्कृतिक अपराध रहेको समेत उक्त विज्ञप्तीमा उल्लेख गरिएको ।

” हामी चाहन्छौं , हाम्रो गीत सङ्गीतमा पहिचान झल्किनुपर्छ, संस्कृति झल्किनुपर्छ , सुख दुःख एबं स्वच्छ मायाका भावहरु झल्किनुपर्छ, मौलिक अनि सभ्य शब्द चयन गरी सामाजिक , सांस्कृतिक , आर्थिक वा राजनीतिक बिकृति र बिसंगतिका बिरुद्ध बोल्नुपर्छ । तर गीतको नाममा र कलाकारिताको नाममा अति नै अपाच्य शब्दहरु प्रयोग गरी सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्नु , त्यस्तो गलत गतिविधिले आफु स्थापित हुन्छु भन्ने गलत मानसिकता बोकी प्रस्तुत हुन खोज्नु वा त्यस्ता खाले सामग्रीलाई अझ थप प्रोत्साहन दिएजस्तो गरी सामाजिक सञ्जालको प्रयोग मार्फत प्रस्तुत हुनु जो सुकै भएपनि त्यो एक प्रकारको सामाजिक, सांस्कृतिक अपराध नै हो ।”

यस्तो खाले क्रियाकलाप नरोकेमा वा गलत नियतका साथ प्रस्तुत भएमा सो ब्यक्तिको पहिचान गरी यथाशिघ्र कानुनी बाटोबाट कार्वाहीको प्रकृयामा जाने समेत उक्त विज्ञप्तीमा भनिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार