श्रीमतीलाई जिस्क्याएको भन्दै पुरुषद्धारा वृद्धमाथि खुकुरी प्रहार

उज्यालो प्रतिनिधि ६ आश्विन २०७७, मंगलवार फोटो समाचार

सुनसरी । सुनसरीको इनरुवामा आफ्नी श्रीमतीलाई जिस्क्याएको भन्दै एक पुरुषले वृद्धमाथि खुकुरी प्रहार गरेका छन्।

प्रहरीका अनुसार इनरुवा नगरपालिका–८ का बलबहादुर खड्काले छिमेकी ६५ वर्षिय चन्द्रबहादुर कोइराला श्रीमतीलाई जिस्काएको भन्दै खुकुरी प्रहार गरेका हुन् ।

खड्काले कोइरालामाथि खुकुरी प्रहार गरेको अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाले जानकारी दिए ।

खड्काले वृद्धको हर्कतबाट आजित भएर उनीमाथि खुकुरी प्रहार गरेको बयान प्रहरीसमक्ष दिएका छन्।

सो क्रममा वृद्धकी पत्नी भगवती कोइराला समेत घाइते भएकी छिन्। दुवैको शरीरका विभिन्न अंगमा खुकुरीको चोट लागेको प्रहरीले जानकारी दिएको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार