| Sunday 20 September, 2020

संविधानले जनतालाई निम्छरो रैती होइन, बहुबली शासक बनाएको छ

हिजो मात्र हामी नेपाली जनताले पाचौं संविधान दिवस मनायौं । जुन नेपालको संविधान २०७२ हो । उक्त संविधानको पहिलो वाक्यमा लेखिएको छ ‘हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता’ । यो वाक्यले स्पष्ट पार्दछ की जंगबहादुरले १९१० मा लागु गरेको मुलुकी ऐनलाई नै टालटुल गर्दै अनि कामचलाउ बनाउँदै आएका थियौं । त्यसको अन्त्य गर्दै हामी नेपाली जनता १ सय ६२ वर्ष पछि सार्वभौम भयौं । जो हिजोका दिनमा राजामहाराजाले निर्माण गरेको संविधान भित्र शोषित र उत्पीडित भएर बाँच्नु पर्ने बाध्यता थियो । त्यो युगको अन्त्य भयो । हामीले आफ्नो संविधान आफै बनायौं । र, विश्वकै सवैभन्दा पुरानो देशहरु मध्येको देश नेपाल संविधान प्राप्तगर्ने विश्वकै कान्छो देश आज बनेको छ । त्यसकारण, असोज ३ गते सम्पूर्ण नेपाली नागरिकको लागि ऐतिहासिक युग हो । गौरवपूर्ण दिन हो ।

हिजोका शासकहरुले निर्माण गरेको जतिपनि संविधानहरु थिए ती सबैको केद्रबिन्दुमा उनीहरु नै थिए—नेपाली जनता थिएनन् । जनता राष्ट्रको मालिक थिएनन् । किनकी जनता भन्दा माथि राजा थिए । सामन्ती शासकहरु थिए । हामीसँग यथेष्ट प्रमाणहरु छन् । उनीहरुले जनताको नेतृत्व र सरकारलाई आफ्नो हातको औंलामा फनफनी घुमाउँने गर्दथे । २०१७ र २०५९ अनि २०६२ मा गरिएका ‘शाही कू’हरु हाम्रो नाक मुनि नै छन् । कतै खोज्न जानु पर्दैन होला । तर, सामन्ती शासकहरुको विरुद्घमा जनताले शसस्त्र युद्घ, संघर्ष अनि आन्दोलन गर्दै, हजारौं हजार नेपाल आमाको सर्वोतम छोराछोरीहरुले आफ्नो जिवन उत्सर्ग गरेर नै आजको नयाँ सविधान हामीले प्राप्त गर्न सक्षम भएका छौं ।

जुन संविधानमा जनता केन्द्रबिन्दुमा छन् । शासकहरुलाई लखेटेर जनता नै महावली भएका छन् । राज्यका पूर्नसंरचना गरिएको छ । शाहीतन्त्र हटेर देशमा गणतन्त्र आएको छ । एकात्मक शासन व्यवस्थाबाट राज्यलाई संघीय व्यवस्थामा रुपानतरण गरिएको छ । राज्यलाई धर्म सापेक्षबाट धर्म निरपेक्षमा रुपान्तरण गरिएको छ । जातीय, लैङगिकका साथै सबै किसिमका विभेदहरुको अन्त्य यो संविधानले गरेको छ । राज्यभित्र समावेशी र समानुपातिक प्रणालीबाट जनतालाई राज्यको समाजिक, आर्थिक, राजनीतिक लगायतका विविध क्षेत्रहरुमा समेट्दै विकासको मूल प्रवाहमा जोड्ने थालनी यो संविधानले गरेको छ । हिजोका शासकहरुले शताब्दीऔं देखि थिचोमिचोमा र अन्यायमा पारिएका महिला, दलित, जनजाती, मधेशी र पिछडा समुदाय सबैलाई अधिकारको प्रत्याभुती गर्दै समावेशी र समानुपातिक ढाँचामा सुनौलो अवसरको व्यवस्था यस संविधानले गरेको छ । जुन समुदायलाई हिजो कानून बनाएर नै राणा र शाहा बंशले सामाजिक, आर्थिक र राजनीतिक रुपमा चरम शोषण र दमन गरेका थिए ।

तर , जनताका तमाम गुनासाहरु बलग्रेन्ति छन्—शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वधारका समस्याले मानिस छटपटिरहेका छन् । संविधान निर्माण र कार्यन्वयनमा भन्दा बढी जोड समस्या हल भए भएनन् । त्यसतर्फ जनताले आँखा र दिमाग लगाएका छन् । जुन कुरा स्वभाविक नै हो । किनभने जनता चारैतर्फ अनेकन समस्याको चाङगले घेरिएका र थिचिएका छन् । जुन दशकौं देखि गुटमुटिएर अनि कचल्टिएर हाम्रो समाजमा बसेको छ । तर, ती तमाम समस्याहरुलाई एकएक गरी हल गर्नका लागि जनताको सत्ता अनि सरकारको आवश्यक्ता पर्दछ , जनताको संविधान र कानूनको निर्माण गर्नुपर्दछ । तसर्थ, हामीले आफ्नो स्वामित्वको संविधान भर्खरै प्राप्त गर्दै छौं । जुन केवल पाँच वर्ष मात्र हुँदैछ । छिमेकी राष्ट्रहरु चीन र भारतलाई हेरौं, उनीहरुको समृद्घिको यात्रालाई हेरौं । जुन प्रत्यक्ष रुपमा उनीहरुको संविधानसँग गाँसिएको छ । त्यो संविधान उनीहरुले ७० वर्ष पहिले नै निर्माण गरेका भिए । तर, हामीले संविधान निर्माण गरेर कार्यन्वयनमा गएको बल्ल पाँच वर्ष मात्र हुँदैछ । भलै यस बीचमा सरकारले के कती काम गर्न सक्यो अथवा सकेनन् । त्यो भिन्न कुरा हो तर सामाजिक न्याय सहितको विकास गर्नका लागि संविधान चाहिन्छ । जनताको हीत गर्ने नीति र कानून चाहिन्छ, जुन हिजो थिएन् ।

त्यसकारण, संविधान नेपाली जनताको लागि सम्वृद्घिको रुपरेखा हो । शोषित, पीडितहरुको लागि विश्वासिलो संरक्षक हो । आवाज विहिनहरुको लागि सामाजिक न्यायको बुलन्द आवाज हो । भोका र नाङगाहरुको लागि गाँस र बाँस व्यवस्था गर्ने नीति हो । श्रमिक र मजदुरको पक्षमा लड्ने दस्तावेज हो । तर, यो नै अन्तिम सत्य भने होइन । किनकी यसमा अझै संसोधन गनुपर्नै थुप्रै विषय अनि कारणहरु होलान् । त्यसैले, यो अपुरो नै छ । परिस्थिति अनुसार पूर्ण बनाउँदै लानुपर्छ । तर, असन्तुष्टि छ भन्दैमा सडकमा जलाउने बस्तु संविधान हैन । एउटा राजा फालेर धेरै महाराजाहरु जन्मिए भन्दै यो व्यवस्था र संविधानलाई गाली र घृणा गर्नु पनि उचित होइन् । यो संसोधनीय दस्तावेज हो । यसैलाई आवश्यक परेमा संसोधन गर्दै विकास र सम्वृद्घिको शिखरमा पक्कै पनि हामी पुग्न सक्छौं । युरोप, अमेरिका, जापान अनि चीनले गरेको विकास हामी पनि गर्न सक्छौं । उनीहरुको लागि सम्भव हुने विकास हाम्रो लागि चाहिँ रहस्यमय पक्कै होइन् । चमात्कारकि पनि होइन् । किनभने त्यो हाम्रो लागि पनि बोधगम्य छ, सम्भव छ । तसर्थ, सम्पूर्ण नेपाली जनता र नेतृत्व इमान्दारका साथ संविधानको पालना व्यवहारिक रुपले गरौं । यसले हामीले चाहेको संवृद्घि प्राप्त गर्नमा पक्कै डोर्याउने छ । र, नेपालको संविधान २०७२ ले नेपाली जनतालाई निम्छरो होइन, बहुबली शासक बनाउँने छ ।

खोज्नुहोस्

फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी संक्रमित

पेरिस । फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् । फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घन्टा यता मात्र कम्तीमा पनि ४१ हजार ६२२ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो । यो संख्या सँगै कोभिड १९ को महामारी पछि नै २४ घन्टामा सबैभन्दा बढी व्यक्ति

सार्वजनिक यातायात एक महिनादेखि खुलेपनि यात्रु नहुँदा बसपार्क भरिभराउ

देशको समृद्धिकाे आधार भनेकाे जाति, भाषा र संस्कृतिकाे संरक्षण र