चौतारा–सिपाघाट–काठमाडौं सडक : झ्याडी–देउराली खण्ड स्तरोन्नती कार्यको शुभारम्भ

उज्यालो प्रतिनिधि ४ आश्विन २०७७, आईतवार समाचार
काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौताराबाट सिपाघाट–कात्तिके हुँदै काठमाडौंको नारायणटारसम्म पुग्ने सडकको स्तरोन्नती कार्यले तीव्रता पाएको छ । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित भएका बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ले चुनावी सभामा गरेको प्रतिवद्धता अन्तर्गत बन्न लागेको यो नयाँ सडकमार्ग हो ।
दशकौंदेखि चौताराबाट काठमाडौं जानका लागि ८४ किलोमिटर यात्रा गर्नपर्ने बाध्यतालाई मध्यनजर गर्दै छोटो र सहज यात्राका लागि सडकको अवधारणा अघि सारिएको हो । उक्त सडकखण्ड अन्तर्गत पर्ने झ्याडी–देउराली खण्ड स्तरोन्नती कार्यको आइतबार शुभारम्भ भएको छ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाल र सामाजिक विकास मन्त्री दुलालले संयुक्त रुपमा स्तरोन्ती कार्यको शुभारम्भ गरेका हुन् ।
उक्त सडकखण्ड स्तारोन्नतीको काम प्यासिफिक ईन्जिनियरिङ्ग कम्पनी प्रा.ली, काठमाडौंले पाएको छ । भने, ०७७ असार २८ गते सम्झौता भाइ काम सुरु भएको यस अयोजना ०७९ असार २७ भित्र सम्पन्न गर्नेगरी सम्झौता भएको छ । आयोजनाको अनुमानित लागत खर्च ४६ करोड ७३ लाख ४२ हजार ९ सय ६६ रहेको छ भने सम्झौता रकम २९ करोड ४९ लाख ५९ हजार ९ सय ८२ रुपैयाँ रहेको जनाइएको छ ।
चौताराबाट झ्याँडीखोलासम्मको १० किलोमिटर सडक कालोपत्रे भइरहेको छ । जसका लागि गत वर्ष ३० करोड बजेट सरकारकाबाट विनियोजन भएको थियो । साथै, झ्याडीदेखि देउरालीसम्मको १२ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको यसअघि नै बजेट विनियोजनको बेलामा भनिएको थियो । सोही कार्यको सुरुवात आइतबार सोही सडकखण्डमा भएको हो ।
आफ्नो चुनावी क्षेत्रमा गरेका वाचाहरु पूरा गर्ने अभियानमा लागेको युवा मन्त्री दुलालले जिल्लाको मध्येक्षेत्रमा हुने कृषि उत्पादन, नदीजन्य पदार्थको ढुवानी, तथा दैनिक आवतजावत गर्नपर्ने व्यक्ति तथा ढुवानीका लागि यो वैकल्पिक बाटोले निकै फाइदा पुग्ने मन्त्री दुलालले विश्वास लिएका छन् । शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री दुलालले आफूले चुनावी सभामा बोलेको ‘विकासको बाकस’ खोलिएको आयोजनास्वरुप आफूले यसलाई लिएको भन्दै सडक स्तरोन्ततीका लागि लागिपर्ने बताए । साथै उनले यो सडकलाई सुरक्षित तरिकाले निर्माण गर्नका लागि स्थानिय सरकारलाई समन्वय गर्न आग्रह गरे । सडक स्तरोन्नतीका क्रममा कमसल काम गरेको पाइएमा आफू स्वयं निरिक्षणमा आएर कारबाही गर्ने समेत उनले चेतावनी दिएका छन् 
त्यस्तै, गाउँपालिका अध्यक्ष तामाङले प्रदेश सरकारको यो कार्यक्रमले उत्साहित भएको भन्दै समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । साथै, उनले प्रदेश र संघीय सरकारसँग समन्वय गरेर ज्यामिरे–नवलपुर सडक स्तरोन्नतीको पनि आवश्यक रहेको बताए । स्थानीय सर्वसाधरणसाग समन्वय गरेर सडक स्तरोन्नतीका क्रममा पर्ने असजिलाहरुको समाधानका लागि पहल गर्ने अध्यक्ष तामाङले बताएका छन् ।
कार्यक्रमको प्रमुख अतिथि भौतिक विकास मन्त्री फुयाल थिए भने विशेष अतिथिको रुपमा मन्त्री दुलाल रहेका थिए । त्यस्तै, अतिथिको रुपमा इन्द्रावती गाउँपालिकाका अधयक्ष वंशलाल तामाङ, जिल्ला समन्वय समितिका सभापति कृष्ण गोपाल तामाङ, जिल्लाका विभिन्न पत्रकार लगायतको उपस्थिति थियो । त्यस्तै, इन्द्रावती–७ का वडाध्यक्ष बिर बहादुर तामाङ, इन्द्रावती–८ का वडाध्यक्ष केदार आचार्य पनि कार्यक्रममा अतिथिको रुपमा उपस्थित रहेका थिए ।
सदरमुकाम हुँदै चल्ने सडकको बाटो कालोपत्रे हुने कार्यको शुभारम्भ हुने भएपछि स्थानियहरुको बाक्लो उत्साहजनक उपस्थिति थियो ।
Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार