| Saturday 19 September, 2020

हजारौं कुलमानहरु जन्माउने आधार निर्माण गरौँ -उपसभामुख तामाङ

काठमाडौं । बागमती प्रदेशको उपसभामुख राधिका तामाङले संविधान दिवसको अवसरमा जारी शुभकामना सन्देशमा हजारौं कुलमानहरु जन्माउने आधार निर्माण गर्नु पर्ने बताएका छन् ।

सामाजिक संजाल फेसबुक मार्फत संविधान दिवसको दिन उहाँले कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्ति नभएको चिन्ता व्यक्त गरेका छन । पार्टी भित्र र बाहिर जनस्तरबाट कुलमानको पुनर्नियुक्ति नदिएकोमा सरकारको चर्को आलोचना समेत भइरहेको छ ।

साथै उपसभामुख तामाङ द्धारा जारी गरिएको शुभकामना सन्देशमा आदिवासी जनजाति लगायतका केही समुदायले संविधान स्वीकार नगरिरहेको अवस्थमा संविधान संशोधनमार्फत जनताको पूर्ण अधिकार सम्बोधन हुने प्रयास र आशा व्यक्त गरेका छन् ।

खोज्नुहोस्

फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी संक्रमित

पेरिस । फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् । फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घन्टा यता मात्र कम्तीमा पनि ४१ हजार ६२२ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो । यो संख्या सँगै कोभिड १९ को महामारी पछि नै २४ घन्टामा सबैभन्दा बढी व्यक्ति

सार्वजनिक यातायात एक महिनादेखि खुलेपनि यात्रु नहुँदा बसपार्क भरिभराउ

देशको समृद्धिकाे आधार भनेकाे जाति, भाषा र संस्कृतिकाे संरक्षण र