| Friday 18 September, 2020

धरान उपमहानगरपालिकाद्धारा अनलाइन कर भुक्तानी सेवा सञ्चालनमा

धरान । धरान उपमहानगरपालिकाले अनलाइन कर भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । अब घरबाटै वा संसारको जुनसुकै ठाउँबाट पनि अनलाइनमार्फत कर तथा राजश्व तिर्न सकिने उपमहानगरपालिकाले जनाएको छ । आजदेखि पूर्णरुपमा काम शुरु भएको उपमहानगरका सूचना अधिकृत खगेन्द्रप्रसाद खतिवडाले जानकारी दिनुभयो । विहबिार नगरप्रमुख तिलक राई र उपप्रमुख मञ्जु भण्डारीको घर जग्गाको कर अनलाइनमार्फत तिरेर सेवा शुभारम्भ गरिएको थियो ।

उपमहानगरपालिकामा जनता आफै उपस्थित भएर कर तिर्न कोरोनाको जोखिमलाई मध्यनजर गर्दै अनलाइन सेवा शुरु गरिएको उपप्मुख भण्डारीले बताउनुभयो ।

कर तिर्नका लागि नाम टिपाएपछि उपमहानगरले युजर र पासवर्ड वितरण गर्नेछ । त्यसपछि स्वदेश तथा विदेश जहाँबाट पनि नेपालको कुनै बैंकमा रहेको आफ्नो खाताबाट कनेक्ट आइपिएसका माध्यमबाट वा इ सेवा बालेटबाट सजिलै कर तथा राजश्व भुक्तानी गर्न सकिने सूचना अधिकृत खतिवडाले जानकारी दिनुभयो ।

खोज्नुहोस्

फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी संक्रमित

पेरिस । फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् । फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घन्टा यता मात्र कम्तीमा पनि ४१ हजार ६२२ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो । यो संख्या सँगै कोभिड १९ को महामारी पछि नै २४ घन्टामा सबैभन्दा बढी व्यक्ति

सार्वजनिक यातायात एक महिनादेखि खुलेपनि यात्रु नहुँदा बसपार्क भरिभराउ

देशको समृद्धिकाे आधार भनेकाे जाति, भाषा र संस्कृतिकाे संरक्षण र