ढोरपाटनका बाढी प्रभावितको दैनिकी कष्टकर बन्दै

उज्यालो प्रतिनिधि २ आश्विन २०७७, शुक्रबार समाचार

बाग्लुङ । ढोरपाटनका बाढी प्रभावितको दैनिकी कष्टकर बनेको छ । बाढीमा घरबास गुमाएका मानिसहरु टहरा, गोठ र विद्यालयमा आश्रित छन् । हातमुख जोड्न राहतको भर पर्नुपर्ने स्थिति छ । विद्युत् र सञ्चार सेवा बिच्छेद छ । थातथलोबाट उठिबास भएकाहरु अन्धकारमा रात गुजार्न विवश छन् । सामुदायिक स्वास्थ्य एकाए नै बाढीले बगाएपछि सामान्य औषधोपचारको समेत अभाव छ । बाढीले क्षत्विक्षत् पारेको सडक जेनतेन खुलाउने प्रयास भइरहेको छ ।

सडकलगायतका भौतिक संरचनामा क्षति पुगेपछि स्थानीयवासी आधारभूत सेवाबाटै बञ्चित हुनुपरेको हो । “दुई सातादेखि बिजुली छैन, मोबाइल पनि चल्दैन”, स्थानीयवासी विक्रम विकले भने, “आफ्नै गाउँ पनि अनाकन्टार जस्तो लाग्न थालेको छ ।” गत भदौ १७ गते भूजीखोलामा बाढी आउँदा मुस्किलले जोगिनुभएका विकले त्यो बेला माइतीगाउँ निसीमा रहेका श्रीमती र छोरासँगसमेत सम्पर्क हुन नसकेको उनले सुनाए ।

सञ्चार सेवा अवरुद्ध हुँदा बाढीपछिको राहत र व्यवस्थापकीय काममा सम्बन्धित पक्षबीच जानकारी लिनदिन र समन्वयमा कठिनाइ भइरहेको छ । बाढी प्रभावित र सहायताकर्मीबीच पनि सम्पर्क स्थापित हुन सक्ने स्थिति छ्रैन । ढोरपाटन नगरपालिका–८ का वडाध्यक्ष नन्दे सुनारले ७ देखि ९ वडासम्म विद्युत् अवरुद्ध भएको बताए । वडा नं ९ मा मात्र तीनवटा लघुजलविद्युत् आयोजनामा क्षति पुगेको छ । यस्तै वडा नं। ८ स्थित ८४ किलोवाट क्षमताको भूजीखोला पाँचौ लघुजविद्युत् आयोजना क्षतिग्रस्त बनेको छ ।

ढोरपाटन नगरपालिकाका अनुसार बाढीले वडा नं. १ देखि ९ सम्मका ११ वटा लघुजलविद्युत् आयोजनामा क्षति पु¥याएको छ । कुनै आयोजना पूर्णरुपमा र कुनै आंशिक मर्मत, सुधार गर्नुपर्ने स्थितिमा छन् । “मर्मत गरेर चल्ने छिट्टै सञ्चालनमा आउँछन्, पूर्ण क्षति भएका आयोजना बनाउन समय लाग्छ”, नगरप्रमुख देवकुमार नेपालीले भने ।

लघुजलविद्युत् आयोजना बन्द भएसँगै मोबाइल टावरमा विद्युत् आपूर्ति रोकिँदा सञ्चार सेवा अबरुद्ध भएको हो । केन्द्रीय विद्युतीकरण नभएका कारण त्यस क्षेत्रका जनसाधारण लघुजलविद्युत्का भरमा छन् ।

लामो समय विद्युत् अबरुद्ध भएपछि मोबाइल सेवा पनि प्रभावित हुने गर्छ । ब्याट्रीले केही घण्टा मात्र थेगेपनि त्यसपछि टावर बन्द हुन्छ । नेपाल टेलिकम बागलुङ कार्यालयका वरिष्ठ इन्जिनीयर केशव शर्माले वडा नं. ७ बोबाङ र ९ देउरालीमा रहेको टावरमा समस्या आएको बताए ।

उनले शनिबार सौर्य उर्जा प्रणाली (सोलार) जडानका लागि आफूहरु जान लागेको बताए । “तत्काललाई अस्थायी रुपमा चलाउँछौँ, पछि स्थायी रुपमै सोलार जडान हुन्छ”, उनले भने । सडक नै अवरुद्ध भएका कारण सामान पु¥याउन केही ढिलाइ भएको वरिष्ठ इन्जिनीयर शर्माले उल्लेख गरे ।

नगरप्रमुख नेपालीले बाढीबाट क्षति पुगेको सडक मर्मत गरेर वडा नं. ९ सुर्कुदुङसम्म पु¥याइएको बताए । ढोरपाटन देउरालीसम्म जोड्न अझै केही समय लाग्ने उनको भनाइ छ । सालझण्डी–ढोरपाटन आयोजनाअन्तर्गत झण्डै १० किमि सडक बाढीले बगाएको छ । सो खण्डलाई पूर्ववत् स्थितिमा फर्काउन रु. ६० करोड खर्च हुने प्रारम्भिक अध्ययनबाट देखिएको छ । सडक अवरुद्ध हुँदा शुरुमा राहत सामग्री पु¥याउनसमेत कठिन भइरहेको थियो । बाढीग्रस्त क्षेत्रमा पुग्न झण्डै तीन घण्टा पैदल हिँड्नुपर्ने बाध्यता थियो । अहिले राहत पुर्याउन केही सहज छ ।

भौतिक संरचनाको बेलैमा पुनःनिर्माण नगरिए त्यस क्षेत्रको विकासको स्थिति झनै पछाडि धकेलिने हो कि भन्ने चिन्ता स्थानीयवासीमा छ । बाढीबाट वडा नं। ९ को लाँकुरीबोट, दुनेपधेँरा, भुसुण्डे, सुप्राङ, घट्टबोट, चेप्टाजुर, दुवाल र फल्लेघरमा बढी क्षति पुगेको छ । बाढीमा परी २२ जनाले ज्यान गुमाएका छन् १६ जना अझै बेपत्ता छन् । बाढीले १२० घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पु¥याएको छ । विद्यालय, झोलुङ्गे, ढलान र काठे पुलसमेत बगाएको छ । हजारौँ रोपनी खेतीयोग्य जमीन बगरमा परिणत भएको छ । file photo

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार