| Thursday 17 September, 2020

योञ्जनलाई संघीय सांसद दोङ र प्रदेश सभा सदस्य ढकालद्धारा सहयोग हस्तान्तरण

काभ्रे । बाख्रा चराउने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका कान्छालाल योञ्जनको उपचारको लागि सहयोग रकम जुटेका छन् । महाभारत गाँउपालिका–३ सोलिघोप्टेका १२ वर्षीय योञ्जनलाई सहयोग रकम संघीय संसद गंगा बहादुर दोङ (बमध्वज), ३ नं. प्रदेशका प्रदेश सदस्य रत्न ढकाल र नेपाल तामाङ घेदुङका संघीय कोषाध्यक्ष रुप बहादुर योञ्जनले नेपाल नेशनल अस्पातलमा पुगेर २ लाख २ हजार ९ सय ७२ रुपैयाँ रकम हस्तान्तरण गरेका हुन् ।

सहयोग रकम हस्तान्तरण गर्न अस्पताल पुगेका संघीय सांसद दोङले विरामीको स्वास्थ्य लाभको कामनासहित उपचारको लागि आर्थिक सहयोगमा पहल तथा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद गरेको थियो । त्यस्तै प्रदेश सभा सदस्य ढकालले व्यक्तिगत तथा अन्य कुनै तबरबाट गर्न सक्ने र गर्नु पर्ने साथ तथा सहयोग आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।

गम्भीर घाइते योञ्जन गत साउन २७ गते बाख्रा चराउन जाने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएको थियो । हाल उनको काठमाडौस्थित नेपाल नेशनल अस्पतालमा उपचारत छ । टाउको र खुट्टाको तिघ्रामा गहिरो चोट लागेपछि स्थानीय बान्सिन्दमार्फत उपचारका लागि जिल्ला अस्पताल ल्याइएको योन्जनलाई जिल्ला अस्पताल धुलिखेलले जिल्लामा कोरोना भाइरसको कारण उपचार गर्न नसकिने बताएपछि काठमाडौँ वीर हस्पिटलमा रिफर गरिएको थियो । तर त्यहाँ आइसियु खाली नभएपछि वीर अस्पतालबाट पनि कलंकीको नेपाल नशनल अस्पतालमा रेफर गरेको थियो ।

घाइते योन्जनको टाउको र खुट्टाको अप्रेसन भए पनि पुर्ण रुपमा ठिक नभएको कारण पुनः फेरि अप्रेसन गर्नुपर्ने भए पछि आर्थिक समस्याको कारण उपचार हुन सकिरहेको थिएन ।

केही दिन अगाडि आर्थिक अभावका कारण दोस्रो अप्रेशन गर्न नसकेका योन्जनलाई लाप्साङ पाख्रीनले संकलन गरेको रकम बालकलाई ५५ हजार ५ सय रुपैयाँ पूर्व मन्त्री तथा नेकपाका केन्द्रिय सदस्य शेरबहादुर तामाङले हस्तान्तरण गरेका थिए ।

त्यस्तै महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाद्धारा हस्तान्तरण गरेको रकम रोजगारीको सिलसिलामा मलेसियामा रहेका राकेश भोलन र विजय थिङको पहलमा संकलन भएको १ लाख २ हजार ८ सय र अध्यक्ष जिम्बा स्वयंमले ५ हजार रुपँया र महाभारत कन्ट्रक्सनतर्फबाट सुजन लामा र तस्वीर मोक्तानले संंयुक्त रुपमा ५ हजार रुपैयाँ गरी एकमुष्ट १ लाख १२ हजार ८ सय रुपैँया बिरामीको दाजुलाई हस्तान्तरण गरिएको थियो ।

त्यसैगरी विद्यार्थी घेदुङका संघीय कार्यसमिति अध्यक्ष दिनेश लो तामाङले नगद १२ हजार ५ सय रुपैयाँ कान्छालालका बुवा ज्ञान बहादुर योञ्जनलाई हस्तान्तरण गरेका थिए । विद्यार्थी घेदुङका पदाधिकारी तथा सल्लाहकारहरुबाट संकलन भएको रकम उनलाई हस्तान्तरण गरिएको थियो ।

हालसम्म संकलन रकमको विवरण
१, बिकास योन्जन महाभारत–२ (हाल दुबई) ५०००।–
२, लामा गुरु पेमा शेर्पा आरुबारि घुम्बाबाट ५०००।–
३, बसन्त कुवर महाभारत–६ ५००० ।–
४, दावा योन्जन महाभारत–१ ३०००।–
५, रक्तिम लामा तेमाल–९ ३०००।–
६, राजन अधिकारी खानिखोला–६ २०००।–
७, देबि लामा बनेपा १००० ।–
८, बिजय लामा ५०००।–
९, प्रकाश रायमाझी (रामेछाप) ३०,०००।–
१०, रुप बहादुर वाइबाको –हाल टर्कि) १४,६८० ।–
११, सुब्ब वाइबा महाभारत–२ पात्ले (हाल इराक) ५०००।–
१२, पुर्ब कानुन मन्त्री र सि.पा.जिल्ला सांसद तथा नेकपा नेता शेर बहादुर तामाङ र समाजसेबी तथा जनजाति महासंघ केन्द्रिय सदस्य लप्साङ लामाुको बिशेष पहलमा संकलन ५५,५००।–
१३, भिम मोक्तान महाभारत–३ ५०००।–
१४, बिजय सिङ्तान महाभारत–८ (हाल मलेसिया) ५५५०।–
१५, देबिका वाइबा महाभारत–४ (हाल लेबनान) ५०००।–
१६, सागर मोक्तान महाभारत–६ ५१०० ।–
१७, बाबु योन्जन महाभारत–३ ५००।–
१८, चरिमाया सिङ्तान जिम्बा महाभारतस्–३ २०००।–
१९, बिजय थिङ र राकेश तामाङको बिशेष पहलमा संकलन १,०२,८०० ।–
२०, महाभारत गाउपालिका अध्यक्ष कान्छा लाल जिम्बाबाट ब्यक्तिगत सहयोग ५०००।–
२१, म्हाबर कन्ट्रक्सन प्रा.लि.को सुजन लामा र तस्बिर मोक्तानबाट संयुक्त रुपमा सहयोग ५०००।–
२२, मेचि महाकाली बुहारी संयुक्त आवाज नेपाल संस्थाका प्रतिनिधिहरु यमु शर्मा सुब्बा, परिसा आचार्य र सिन्धु रिजालबाट एकमुष्ट सहयोग २०,०००।–
२३, माबर यम्बु योन्जन परिवार कोषबाट सहयोग १,६६,०००।–
२४, रुप बहादुर योन्जन (नेपाल तामाङ घेदुङ संघिय कोषाध्यक्ष) ५०००।–
२५, रश्मि तामाङ (जापान)बाट पठाएको लाप्साङ लामाद्धारा हस्तान्तरण ५७०००।–
२६० डम्बर थोकार (सोनाम) मेलुङ गाउँपालिका–३, दोलखा २०००।–
२७० देवराज तामाङ (तेमाल गाउँपालिका) ५०००
२८, संगम वाईबा हरिहरपुर–५, सिन्धुली (हाल साउदी) २३०००।–
२९, जिसाङ घलान महाभारत–३ (हाल जापान) ५००५।–
३०, उर्मिला माझी २०००।–