कुलमानलाई हेर्ने प्रधानमन्त्रीको ‘माओवादी चश्मा’

बुद्ध लोप्चन १ आश्विन २०७७, बिहीबार मुख्य नेटवर्क

काठमाडौं । कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिएपछि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान नै दोहोरिएलान् कि अरु नियुक्ति होला ? यो अनुत्तरित प्रश्न थियो ।

यही अनुत्तरित प्रश्नको बीचमा कुलमान प्राधिकरणबाट बिदा भए । कुलमानको बिदाइपुर्व कुलमान नै दोहिरिन्छन् भन्नेमा कैयन् सर्वसाधारण ढुक्क थिए ।

तर, कुलमानको पुनर्नियुक्ति भएन । कुलमान बिदा भए । यहीबीचमा ऊर्जामन्त्री वर्षमान पुनको र्साजनिक वक्तव्य पनि आइरहेको थियो, ‘कुलमानजी प्राधिकरणमा दोहोरिनुहुन्छ ।’

तर, प्रधानमन्त्री केपी शर्मा ओलीको अनिच्छाको कारण कुलमानले नियुक्ति पाएनन्, भलै कुलमान फेरि प्राधिकरणका कार्यकारी निर्देशकको रुपमा फर्किने सम्भावना समाप्त भने भइसकेको छैन ।

जनताको अपार माया पाएका कुलमानले आखिर प्रधानमन्त्रीबाट किन सहयोग पाएनन् ? अर्थात् कुलमानप्रति प्रधानमन्त्री किन रुष्ट बने ? नेकपाका एकजना वरिष्ठ नेता उज्यालो नेटवर्कसँग भन्छन्, ‘प्रधानमन्त्रीज्युले कुलमानलाई माओवादी चश्माले हेर्नुभयो ।’

ती नेताले प्रधानमन्त्रीले माओवादी चश्माबाट कुलमानलाई हेरेकोबारे केही दृष्ट्रान्त भने खुलाएका छन्, उनले खुलाएका केही दृष्ट्रान्त हेरौँ ।

१. प्रचण्डसँगको त्यो भेट
कुलमानको कार्यकाल सकिन केही साता बाँकी रहँदै भदौको दोस्रो साता नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको थियो ।

भेटमा प्रधानमन्त्रीलाई प्रचण्डको प्रश्न थियो, ‘कुलमानजीको पुर्ननियुक्तिको विषयमा आवाज उठिरहेको छ, तपाईले के सोच्नुभएको छ ?’

ओलीको जवाफ उदृत गर्दै उक्त भेटमा सँगै रहेका नेकपाका एकजना नेताले उज्यालो नेटवर्कलाई सुनाए, ‘तपाईकै पालामा नियुक्ति भएको हो, आखिरमा नियुक्तिमा भागबण्डा भइरहेकै छ, माओवादी कोटाबाट नियुक्ति गर्ने भए गरौँ, मेरोबाट हुँदैन ।’

अनि प्रचण्डले भनेका थिए, ‘कुलमान सबैको साझा हो, अब यसको वा उसको भनेर कित्ताकाट गरेर नियुक्ति दिनुपर्दैन । सरकारकै तर्फबाट नियुक्ति गर्नेतिर बढी सोच्नुहोला ।’

उक्त भेटको बेला नेकपाको विवाद उत्कर्षमा रहेकाले यसबाहेक थप कुराकानी भने नभएको ती नेता बताउँछन् ।

२. ऊर्जामन्त्रीको त्यो प्रस्ताव
ऊर्जामन्त्री वर्षमान पुनले ‘पब्लिक सेन्टिमेन्ट’ बुझेका थिए । र, कुलमानको कार्यकाल सकिनुअघि नै प्रधानमन्त्रीसँगै उनले बारम्बार यो विषयमा छलफल गर्न खोजे तर प्रधानमन्त्रीले इच्छा देखाएनन् ।

हरेकपटक छलफल गर्न खोज्दा ऊर्जामन्त्रीलाई प्रधानमन्त्रीलाई दिने रेडिमेड जवाफ थियो, ‘पछि छलफल गरौँला ।’

यहीबीचमा कुलमानको कार्यकाल सकिएपछि ऊर्जामन्त्रीले पछिल्लो सोमबारको मन्त्रिपरिषद् बैठकमै कुलमान नियुक्तिको प्रस्ताव लगे । तर, प्रधानमन्त्रीले ‘कानुन हेरेर गरौँला’ भन्दै पन्छिए ।

३. कुलमानको त्यो अन्तर्वार्ता
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशककै हैसियतमा कुलमान केही सञ्चारमाध्यममा अन्तर्वार्तामा देखिए । अन्तर्वार्तामा कुलमानलाई सोध्ने साझा प्रश्न थियो, ‘तपाईलाई यो ठाउँमा पुर्याउन कसको योगदान छ ?’

कुलमानले दिने जवाफ थियो, ‘स्वभाविक रुपमा यसको जस तत्कालीन प्रधानमन्त्री प्रचण्ड र ऊर्जामन्त्री जनार्दन शर्मालाई जान्छ ।’ कुलमानको यो भनाईले ओली रुष्ट बनेका थिए ।

ओलीका प्रेस सल्लाहकार सुर्य थापाले निकटवर्तीसँग भनेछन्, ‘लोडसेडिङ हटाउने अभियान थालेको प्रधानमन्त्री ओलीज्यूले हो, तर कुलमानले जस दिनै खोजेनन् ।’

४. र, कुलमानले भनेको मान्दैनन्
कुलमानलाई पुर्ननियुक्ति दिनै नहुने भन्ने होइन । तर, पुन नियुक्ति दिँदा हामीले भनेको मान्छन् त ? ओली गुटमा यो विषयमा हालै छलफल भएको थियो ।

सहभागी भएका एक नेताका अनुसार कुलमानले पूर्व माओवादी खेमाका नेताहरुको मात्रै कुरा सुन्ने गरेको र भविष्यमा पनि उनीहरुकै कुरा मात्रै सुन्ने निष्कर्ष निकाले ।

र, माओवादी खेमाका नेताको कुरा मात्रै सुन्ने मान्छेलाई किन नियुक्ति दिने ? ओली गुटको भेलामा गएका ती नेता बताउँछन्, ‘ठूलै आपत आइपर्यो भने मात्रै कुलमानको फेरि नियुक्ति हुन्छ, नभए हुन्न ।’

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार