| Thursday 17 September, 2020

तिनधारे झरना : के हो विवाद ?

काभ्रे । काभ्रेको तिनधारे झरनाले सामाजिक सन्जाल, टिकटक, युटुब र अनलाइन समाचारमा महत्त्वपूर्ण स्थान पाएको छ ।

हिजोआज प्रत्येक दिन हजारौको सख्यामा उक्त झरना हेर्न जाने गर्दछन । काभ्रेको बनेपाबाट ३० किलोमिटर टाढा रहेको उक्त झर्ना दाप्चा हुँदै जान सकिन्छ। झर्ना चर्चामा नआउदा सम्म कसैलाई ठाउँको नाम समेत थाहा थिएन । सुविधाको हिसाबले काभ्रेको दुर्गम क्षेत्रमा पर्ने रोशी गाउँपालिका, र भुसुने डाडा नजिकै पर्ने तिन धारे झरना महाभारत लेक जाने बाटोमा पर्छ।

१५ दिनमा नै ५० हजार भन्दा बढी ब्यक्तिहरु उक्त झर्ना हेर्नको लागि गइसकेका छन। पर्यटकको चाप र हेर्न आउनेको घुइचोले गर्दा आहिले रोशी गाउँपालिका र बेथानचोक गाउँपलिकाका स्थानीयबिच फरक मत पाइएको छ ।

यस्तै रोशी गाउँपलिकाको २ नं वडाले आहिले उक्त झरना र अवलोकन कर्तालाई ब्यबस्थित गर्दै आएको छ । यो रोशी गाउँपालिकाको २ नं वडामा नै पर्दछ भन्दै आएकोमा आजभोलि स्थानीय बासिन्दाहरुले बेथानचोकमा पर्ने दाबी गरेका छन । बिना आधार सामाजिक सञ्जालमा उक्त झरना बेथानचोक गाउँपालिकामा पर्दछ भन्नु अफवाह फैलाउनु गलत रहेको रोशी गाउँपलिकाका स्थानीयहरु बताएउँछन ।

आहिले एउटा समुह नै लागेको छ जो तिनधारे झरनालाई बेथानचोक गाउँपालिका मै पर्छ भनेर सामाजिक सन्जालमा सक्रिय छन । तर पनि बेथानचोक गाउँपालिका बाट कुनै पनि अधिकारिक धारणा भने आइसकेको छैन।