काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेेेकपा)को विद्यार्थी सङ्गठन अनेरास्ववियू काठमाडौं जिल्ला कमिटी द्धारा कोरोना भाइरस (कोभिड-१९) का कारण देखिएको शैक्षिक क्षेत्रको अन्योलताको वैकल्पिक उपाएको माग गर्दै ७ वुदे परिपत्र गर्दै राज्यको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
संगठनका सह-संयोजक रन्जित तामाङको प्रमुख उपस्थितिमा बसेको भर्च्युअल बैठकले उक्त परिपत्र जारी गरेको हो । बैठकका प्रमुख अतिथि तामाङले अनेरास्ववियू काठमाडौं जिल्ला अन्य जिल्लाको तुलनामा महत्वपुर्ण रहेको हुदा यस जिल्लाको गतिबिधिले अन्य जिल्ला कमिटीलाई पाठ सिकाउनु पर्ने अभिव्यक्ति ब्यक्त गरेका थिए ।
बैठकका अध्यक्ष एवं काठमाडौं जिल्ला कमिटीका संयोजक कृष्ण थापा मगरले बैठकको निर्णय सार्वजनिक गर्दै अनेरास्ववियू काठमाडौं जिल्लाले शैक्षिक मुद्धाको साथै जनताको जनजीविका र राष्ट्रियता बारेमा समेत आवाज उठाउदै आईरहेकोले सङ्गठनलाई अझ सुदृढ बनाउदै अघि बढने संकल्प गरेका थिए।
यस्तो छ परिपत्र