भोजपुरमा थुनुवासहित पाँचजनामा कोरोना पुष्टि

३१ भाद्र २०७७, बुधबार १२:४१ मा प्रकाशित

भोजपुर । भोजपुरमा थप पाँचजनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

नेपाल प्रहरी, प्रहरी हिरासतमा रहेका थुनुवा र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीमा संक्रमण भएको पाइएको हो । कोरोना पुष्टि भएकाहरुमा ३३, २८, २७, ३९ र ४९ वर्षीय पुरुष छन् ।

संक्रमितको ‘ट्राभल हिस्ट्री’ को आधारमा अन्यको पनि स्वाब परीक्षण गरिने भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईंटेलले बताए।

हालसम्म भोजपुरमा २५ जना संक्रमित भेटिएका छन्। जसमध्ये ६ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार