धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

३० भाद्र २०७७, मंगलवार १८:०५ मा प्रकाशित

धरान । धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोरोना विशेष अस्पतालमा
सुनसरीको धरान–१७ का ७० वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो ।

उनमा भदौ २८ मा कोरोना संक्रमण पुष्टि भएको थियो भने मृतकमा उच्च रक्तचापसहित ज्वरो खोकी जस्ता समस्या रहेको थियो ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार