उपत्यकामा कोभिड–१९ का ६७६ जना सङ्क्रमित थपिए

३० भाद्र २०७७, मंगलवार १७:१६ मा प्रकाशित

काठमाडौं । काठमाण्डौ उपत्यकामा कोभिड–१९ का ६७६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ६७६ जना सङ्क्रमित थपिएको हो ।

मन्त्रालयले सबैभन्दा बढी काठमाडौंमा ५५५, ललितपुरमा ३५ र भक्तपुरमा ८६ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । काठमाडौंमा १६९ जना महिला र ३८७ जना पुरुष, ललितपुरमा १६ जना महिला र १९ जना पुरुष तथा भक्तपुरमा ३७ जना महिला र ४९ जना पुरुषमा सङ्क्रमणको पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर थप ११ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ३७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४५९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको

पछिल्लो २४ घण्टामा थप १ हजार ६२ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४० हजार ६३८ पुगेको छ ।

मङ्गलबारसम्म ७ हजार २५० जना क्‍वारेन्टाइनमा रहेका छन् भने १५ हजार ७७९ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ३७५ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ८ लाख ६१ हजार ७८० नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार