आईपीएल खेल्न २०२० यूएई पुगे सन्दीप

३० भाद्र २०७७, मंगलवार १४:१८ मा प्रकाशित

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल २०२० खेल्नका लागि नेपाली क्रिकेटर सन्दीप लामिछाने यूएई पुगेका छन् । सेप्टेम्बर १९ देखि यूएईमा सुरु हुने आईपीएल २०२० खेल्नका लागि नेपाली क्रिकेटर सन्दीप लामिछाने यूएई पुगेका हुन ।

दिल्ली क्यापिटल्समा आवद्ध उनले पछिल्लो दुई सिजन दिल्लीका लागि खेलेका थिए ।

ट्रिनिडाड एण्ड टोबागोमा भएको क्यारेबियन प्रिमियर लिग सीपीएल खेलेर उतैबाट सन्दीप सोमबार यूएई पुगेको दिल्ली फ्रेन्चाइजले जनाएको छ ।

सन्दीपले टिमको प्रशिक्षणमा सहभागी हुनका लागि कोरोना परीक्षण गराउनुपर्नेछ । दुई पटक कोरोना नेगेटिभ आएपछि मात्र उनले टिमको प्रशिक्षणमा सहभागी जनाउनेछन् ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार