अमेरिकामा कोरोना संक्रमणबाट १ लाख ९९ हजार बढीको मृत्‍यु

३० भाद्र २०७७, मंगलवार ०९:४२ मा प्रकाशित

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाख ९९ हजार जनाको मृत्यु भएको छ ।

वर्ल्डोमिटर्सका अनुसार मंगलबार पछिल्लो २४ घण्टामा थप ४८० जनाको मृत्यु भएसँगै मृतक संख्या १ लाख ९९ हजार पुगेको हो ।

यस्तै मंगलबार थप ३८ हजार ७२ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ६७ लाख ४९ हजार २८९ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ४० लाख २७ हजार ८२६ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २५ लाख ‍२२ हजार ४६३ जनामध्ये १४ हजार १०४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार