तलब नपाएपछि कञ्चनपुरका निजी स्कुलका शिक्षक आन्दोलनमा

२८ भाद्र २०७७, आईतवार २१:२४ मा प्रकाशित

लामो समयदेखि पारिश्रमिक नपाएपछि कञ्चनपुरका संस्थागत विद्यालयका शिक्षक आन्दोलित भएका छन्। 

निजी विद्यालयका सञ्चालकले लकडाउनको बहानामा शिक्षकको पारिश्रमिक नदिएको भन्दै आइतबार कञ्चनपुरको भीमदत्त नगरपालिकामा धर्ना दिएका छन्। पारिश्रमिकका लागि सम्बन्धित निकायसँग हारगुहार गरेपनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको शिक्षक नरेन्द्रसिंह भण्डारीले बताए ।

संस्थागत विद्यालयका शिक्षकहरुको संगठन संस्थागत विद्यालय शिक्षक युनियनले गत बिहीवार कञ्चनपुरको भीमदत्त नगरपालिकाको शिक्षा शाखामा लगाएको ताला नगरपालिकाले बिना जानकारी तोडेपछि शिक्षकले आइतबार भीमदत्त नगरपालिकाको मुल गेटमा धर्ना दिएको शिक्षक भण्डारीले बताए। ‘कोरोना भाइरसका कारण चैत्रदेखि विद्यालय बन्द त्योभन्दा अगाडि गत असोज देखिको तलब दिएको छैन,’ उनले भने। रासस

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार