एमसीसीलाई संशोधनसहित पास गर्ने नेकपाको निर्णय

२६ भाद्र २०७७, शुक्रबार १८:१६ मा प्रकाशित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटि बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई हुबहु पास नगर्ने भएको छ ।

आज सम्पन्न बैठकले एमसीसीलाई संशोधन र परिमार्जन गरेर मात्रै पास गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको स्थायी कमिटीको बैठकले यो निर्णय गरेको हो । के संशोधन गर्ने भन्ने वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुुझाव अनुसार पार्टीमा छलफल गरेर निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार