नेविसंघका युवा नेता गोइतद्वारा फुड बैंक सिरहलाई खाद्यान्न सामग्री सहयोग

२२ भाद्र २०७७, सोमबार १२:५७ मा प्रकाशित

गणेश कुमार ठाकुर,सिरहा । नेविसंघ(सि,टि,ई,भी,टी) प्रदेश नं. २ का (अध्यक्ष)र समाजसेवी युवा नेता इन्द्रजीत गोइत र नेविसंघका युवा नेता शंकर यादब,सिरहा युनाइटेसद्धारा संचालित फुड बैकमा विभिन्न खाद्यान्न सामग्री सहयोग गरेका छ्न ।

कोरोना भाइरस नियन्त्रणका लागि सिरहामा लकडाउनको घोषणा गरेपछि लकडाउनका कारण समस्यामा परेकाहरुका लागि सिरहामा फुड बैंक स्थापना गरिएको छ । सोहि फुड बैंकमा गोइत र यादब खाद्यान्न सामग्री प्रदान गरेको हो ।

फूड बैंकमा आफूसँग हुने र अरुलाई सहयोग गर्न चाहनेले दिएर जान्छन भने आवश्यक भएकाहरुले लिएर जाने गर्दछन् । फूड बैँक स्थापना भएपछि विभिन्न दाताहरुले पनि सहयोग गर्दै आइरहेका अझै सहयोगको हात बढ्ने आशा रहेको युवा नेता गोइतले बताए ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार