विजय लामा,काभ्रे । कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिमको बाबजुद भौतिक दुरी कायम गरी जिल्लाको बनेपा नगरपालिका–१० पुलबजारमास्थित पुण्यमाता खोलामा रहेका मल्लकालीन पुलको सरसफाई गरिएको छ । नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघ बनेपा नगरसमितिको सक्रियतामा मल्लकालीन समयमा निर्माण भएको ऐतिहासिक पुल फोहोरमैलाको कारण कुरुप बन्दै गएको पुल र त्यसको आसपासको क्षेत्रमा सरसफाई गरिएको हो ।
उक्त पुल क्षेत्र धार्मिक तथा पुरातात्विक हिसाबले समेत निकै महत्वपुर्ण क्षेत्र हुन् । प्राचिन बनेपामा ‘भोलाखा’ भन्ने बस्ती रहेको मानिन्छ । वि.स. ११५९ मा पुर्व मध्यकालीन राजा आनन्ददेव मल्लले बनेपाको भोलाखासँग अन्य बस्तीहरु जोडिने बाटो निमार्णको क्रममा पुलबजारामा पनि पुल बनाएको हुन सक्ने स्थानीय धार्मिक तथा पुरातात्वित विज्ञहरुले अनुमान गरेका छन् । तर त्यसको यकिन भने हुन जानकारी भने अझै पनि गुप्तमा नै छ ।
अरनिको राजमार्ग निर्माण हुन पहिले बनेपा–काठमाडौँ अन्तर्गतको यो बाटो पुल बजारको पुरानो पुल हुँदै दछुटोलसम्म जोडिन्थ्यो । पुण्यमाती खोलाको कारण मानिस हिड्न समस्या भएपछि पुलको स्थापना गरेको देखिन्छ । यो पुलको बाटो हुँदै मानिसहरु दछुटोलमा रहेको प्राचीन गणेश मन्दिर हुँदै चाण्डेश्वर मन्दिरसम्म दर्शन गर्न पुग्ने गरेको स्थानीयहरु बताउँछन् ।
वडाध्यक्ष चन्द्रबहादुर खड्काले मल्लकालीन पुलमा पहिलो पटक बनेपाको धनदास बादे श्रेष्ठले लहरी गाडी चलाएको स्मरण गर्दै पुलको संरक्षणको लागि आफुले पहल गरिरहेको जानकारी दिए । ‘बनेपाको अत्यन्त पुरानो ऐतिहासिक पुल कहिले बनेको भन्ने कुनै तथ्य फेला नपरेको छैन’, उनले भने, ‘कोभिड–१९ को जोखिमबीचमा पनि हातमा ग्लोब र मुखमा मास्क लगाउँदै भौतिक दुरी कायम राखि टे«ड युनिय बनेपा नगरसमितिको अगुवाईमा कुटो कोदालो बोकेर सरसफाईमा जुट्दा म उत्साहित छु, यसले निरन्तरता पाउनु छ ।
त्यस्तै नेकपा नेता इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले घरभित्र बसेर मात्र कोभिड–१९ लाई परास्त गर्न नसकिने र भौतिक दुरी कायम राखी आफ्ना घर वरपर सफा राख्न स्थानीयहरु जागरुक हुनुपर्ने बताए । ‘ कोभिड–१९ सँग लड्न वातावरण पनि सफा हुनुपर्छ भन्ने चेतना दिलाउन ट्रेड युनियनले गरेको काम अनुकरणीय छ,’ नेता थिङले भने, ‘मर्निङ वाकमा आउने क्रममा ट्रेड युनियन महासंघका साथीहरू सरसफाइमा जुटेको देखेर म पनि सहभागी भएको हो ।’
टे«ड युनियन महासंघ बनेपा नगरसमितिको इन्चार्ज राजन अधिकारीले कोरोना भारइसले विश्व आक्रान्त भनिरहेको सन्दर्भमा पनि आफ्ना क्षेत्रमा रहेको पुरातात्विक सम्पादा जोगाउन तथा तिनीहरुलाइ कालान्तरसम्म जिवित राख्न मल्लकालीन पुल सफाई गरेको जानकारी दिए । उनले अहिले पार्टी र सरकारले गरेको कामको आलोचनामात्र हुने गरेकोले सरकारले राम्रो काम पनि गरिरहेको सन्देश दिन यस्तो कार्यक्रमको आयोजना गरेको बताए । दिनभरी मोबाइल चलाएर नकारात्मक टिकाटिप्पणी गर्नु भन्दा सिर्जनात्मक काममा लाग्न प्रेरित गराउन यस्ता कार्यक्रमले सहयोग पुग्ने र पछिल्लो समय छरिएर रहेका मजदुर साथीहरूलाई एक ठाउँमा ल्याउन पनि पहल गरेको बताए ।
सरसफाई कार्यक्रममा ट्रेड युनियन नगरसमितिको संयोजक मिनराज केसी, राम शरण खुलाल, दिल बहादुर भुजेल, विनोद नेपाली, मानकाजी सुवाल, इकमान लामा, उद्धव प्रसाद तिमल्सिना, मान बहादुर दर्लामी (सलन), पुर्ण चन्द्र सिग्देल, तिर्थ राज खत्री, भुवन कुमार सिंजाली, उपेन्द्र ठाडा मगर, उद्धव अधिकारी, श्रजला कटुवाल, वेली माया लामा, समिक्षा अधिकारी, देवी लामा, सुजना पराजुली, हरि बहादुर सिजाली, गोविन्द कटुवाल, महेश कार्की लगायत मजदुरहरु र स्थानीयबासीहरुको उपस्थितिमा मल्लाकालीन पुलको सफाई भएको थियो । कार्यक्रममा पुलको वरिपरि रहेका प्लाष्टिकका फोहोर र अन्य घाँस लगायत फोहोर संकलन गरिएको थियो ।