मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, १ घाइते

उज्यालो प्रतिनिधि १९ भाद्र २०७७, शुक्रबार समाचार

रुपन्देही । जिल्लाको गैडहवामा आज भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् । गैडहगवा गाउँपालिका वडा नं ५ तेलण्डियास्थित लुम्बिनी –कलौनी सडकखण्डमा लु १४ प ७९४४ नंको मोटरसाइकल आज आफैँ अनियन्त्रित भई पल्टेर दुर्घटना हुँदा चालक रूपन्देही जिल्ला, शुद्धोधन गाउँपालिका वडा नम्बर ६ का ४० वर्षीय समुजराम केवटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।

दुर्घटनामा घाइते केवटको उपचारका लागि भैरहवास्थित भीम अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खत्रीले जानकारी दिए। उक्त दुर्घटनामा हात र खुट्टामा सामान्य चोट लागेका मोटरसाइकलमा सवार ३५ वर्षीय गुडिया केवटको सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार