कोरोना जिते पनि समाजको छि–छि दुरदुर !

१९ भाद्र २०७७, शुक्रबार ०७:३० मा प्रकाशित

चरीकोट – सधैँ बिरामीको उपचारमा दत्तचित्त लागिरहने म शनिबार भने आफ्नै काममा व्यस्त थिएँ । करिब साढे ६ बजेतिर अकस्मात् कोरोना पोजेटिभ रिपोर्ट आयो भन्ने खबर सुनेँ ।

त्यतिञ्जेल गाउँमा मलाई कोरोना लागेको कुरा ‘एक कान, दुई कान मैदान’ भइसकेको रहेछ । कुनै लक्षण बिना नै कोरोना छ भन्ने खबरले मन भारी भयो । स्वास्थ्यकर्मी भएकाले कोरोना लागे पनि यसबाट बाँच्न सकिन्छ । भीमेश्वर नगरपालिका–२, फूलपाकी पङ्जु तामाङले यस्तै उच्च मनोबलका कारण अन्ततः कोरोना भाइरसलाई परास्त गर्नुभयो तर समाजमा विकसित भएको भेदभाव र छि–छि दुरदुर हटाउन भने धेरै कठिन भयो ।

भदौ ६ गते सङ्क्रमण पुष्टि भए पछिका दिन सम्झिँदा उनी आफूलाई आँसुमा परिणत गर्नुहुन्छ । बुधबार घर फर्किएकी उनले कोरोना लागेको पुष्टि भएयता हरेक दिन गाउँ, समाजले आफ्नो परिवारलाई गरेको दुव्र्यवहारले सताउने गरेको बताइन् ।

मेरी आमालाई धारामा पानी थाप्न र पसलमा नुन किन्नसमेत दिइएन । घरका परिवार बाटोमा हिँड्दा गाउँले टाढै रोकिनेदेखि फरक्क फर्केर अन्तै जाने सम्मका घटना सुन्दा यो कोरोनाभन्दा खतरा रोग गाउँ, समाजमा भित्रिएछ भन्ने लाग्यो । आज म कोरोना जितेर घर जाँदै छु तर त्यहाँको गाउँ, समाजले मलाई गर्ने व्यवहार कस्तो रहन्छ भन्नेमै पीर लागिरहेको छ –उनले गहभरि आँसु पार्दै भनिन् । यो समाचार आजको गोरखापत्र दैनिकमा कैलाश लामाले लेखेका छन् । 

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार