क्यान्सरपीडित सुकुमायाको निधन पछि संकलित रकम छोराछोरीको पठनपाठनमा

उज्यालो प्रतिनिधि १८ भाद्र २०७७, बिहीबार फोटो समाचार

विजय जिम्बा, काभ्रे । क्यान्सर पीडितको उपचारको लागि संकलन भएको सहयोगार्थ रकम छोराछोरीको पठनपाठनमा प्रयोग गर्ने भएको छ । जिल्लाको विकट क्षेत्र महाभारत गाउँपलिका–८ घर्तिछाप की क्यान्सर पीडित सुकुमाया थिङको उपचारको क्रममा निधन भएपछि उनको उपचारको लागि संकलन भएको रकम छोराछोरीको पठनपाठनको लागि प्रयोग गर्ने भएको हो ।

महाभारत गाउँपालिकाको अध्यक्ष कान्छालाल जिम्बाले सहयोगार्थहरुबाट संकलन भएको २ लाख २२ हजार ३ सय ४२ रुपैँया बराबरको चेक क्यान्सरबाट मृत्यु भएकी थिङको श्रीमान प्रताप थिङलाई हस्तान्तरण गरेका हुन् । मलेसियाबाट बिजय थिङ र राकेश ब्लोनको अगुवाइमा संकलन गरी  नेपालबाट सहजीकरण गर्ने अभियान्त मध्येका एक तस्वीर मोक्तानको नाममा महाभारत गाउँपालिकास्थित रहेको सनराईज् बैंकको खातामा सो रकम पठाएको थियो । थिङको गत असार २३ गते क्यान्सर पीडित थिङको टिचिङ अस्पातलमा उपचारको क्रममा निधन भएको थियो ।

थिङको उपचार गर्नको लागि भनी वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका महाभारतवासी लगायतका सहयोगीले रकम संकलन गरिएको थियो । तर संकलन भएको रकम बुझाउन नपाउँदै थिङको निधन भएपछि सहयोगार्थ व्यक्तिहरुले उक्त रकम उनको छोराछोरीका शिक्षामा प्रयोग गर्ने निर्णय गरेसँगै गाउँपालिका अध्यक्ष जिम्बाले मृतकको श्रीमानलाई रकम हस्तान्तरण गरिएका थिए ।

गाउँपालिका अध्यक्ष जिम्बाले सहयोगार्थहरुले आफ्नो छाक कटाएर पठाएको सहयोग रकमलाई छोराछोरीको पठनपाठनमा नै उचित उपयोग गर्नेमा आफु विश्वस्ता रहेको बताए । ‘बचाउ अभियान नै सञ्चालन गरी उपचार गरेपनि विरामीलाई बचाउन त्यसमा हामी सबै अभियान्त पनि दुःखी छौँ ।’ उनले भने, ‘यस दुःखत् घडीमा मृतकप्रति हार्दिक श्रद्धाण्जली तथा शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्दै सहयोग रकम छोराछोरीको शिक्षामा सही सदुपयोग गर्न अनुरोध गर्छु । जसबाट छोराछोरीले गर्वका साथ मेरो आमा नरहे पनि सहयोग रकमबाट हामीले राम्रो पठनपाठन गर्न पायौँ भन्न सकुन्, हाम्रो चाहान अनि अनुरोध यही हो ।’

 

त्यस्तै मृतकका श्रीमान प्रताप थिङले पनि सहयोग रकमलाई सही सदुयोग गर्ने बचन दिए । ‘मेरोलाई छोराछोरीको थप अध्ययनको राम्रो बनाउनको लागि सहयोग भएको रकमलाई कुनै हिनामिना नगरी उचित प्रयोग गरी उनीहरुको पठनपाठनमा नै खर्च गर्नेछु, उनले भने ।

रकम हस्तान्तरण गर्न अध्यक्ष जिम्बासँगै समाजसेवी तथा युवा नेता सुजन लामा, अमृत योञ्जन, तस्वीर मोक्तान, रिजन मगर लगायतको अस्पताल पुगेका थिए ।

   

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार