चालू शैक्षिकसत्रमा १ सय ५४ दिन पढाइ

१८ भाद्र २०७७, बिहीबार ०७:२७ मा प्रकाशित

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले विषय समितिका विज्ञसँग छलफल गरी तत्कालका लागि ८ सय १६ घण्टा पढाउने गरी प्रतिवेदन तयार गरिरहेको छ । 
पाठ्यक्रम विकास केन्द्रले ७० प्रतिशत कोर्स पढाउने गरी हप्ताको २३ घण्टाको दरले ८ सय १६ घण्टा पढाउने गरी प्रतिवेदन तयार गरिरहेको नेपाल समाचारपत्रमा खबर  छ ।

चालू शैक्षिक सत्रमा १ सय ५४ दिन अर्थात् ८ सय १६ घण्टा पढाउनुपर्ने भएको छ । कोभिड–१९ का कारण विद्यालय खुल्न नसकेपछि करिब ३० प्रतिशत पाठ्यवस्तु समायोजन गरी वैकल्पिक विधिबाट ८ सय १६ घण्टा पढाउनुपर्ने भएको हो ।
‘सामान्य अवस्था रहेमा विद्यालयले १ सय ९२ दिन अर्थात् १ हजार २४ घण्टाको पाठ्यभारअनुसार पढाउने व्यवस्था थियो ।

तर, कोभिडका कारण विद्यार्थीको पढाइमा समस्या आउन नदिन वैकल्पिक विधिबाट ८ सय १६ घण्टा पढाउने व्यवस्था गर्न लागेका हाैँ।’–पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेश भट्टराईले भने । चालू शैक्षिकसत्रमा ३८ दिन घटेको छ । सामान्य अवस्थामा १ सय ९२ दिन पढाउनुपर्ने व्यवस्था थियो ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार